Latest News

आईतबार सार्वजनिक विदा दिने सरकारको निर्णय (विज्ञप्तिसहित)

Nepalese Times July 6, 2022 (1 Year ago)    628 Views

काठमाडौं । सरकारले आउँदो आइतबार सार्वननिक विदा दिने भएको छ । मुस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको छ ।

गृह मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गरेर यहि असार २६ गते आईतबारको दिन सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो । विज्ञप्तिमा मुस्लिम आयोगबाट सार्वजनिक विदाको माग भई आएकोले सार्वजनिक विदा दिने निर्णय भएको उल्लेख गरिएको छ ।

‘उक्त पर्व वि स २०७९ असार २६ गते आइतबारका दिन पर्ने भनी मुस्लिम आयोगबाट अनुरोध भई आएकोले मिति २०७९ असार २६ गते देशभर सार्वजनिक बिदा कायम गर्ने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

हिजरी संवत् अनुसार १४३५ वर्षपहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको राष्ट्रिय मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीको भनाइ छ ।

सो दिन मस्जिदमा जम्मा भई विशेष नमाज पढ्ने गरिन्छ । त्यसैले बिहानैदेखि देशभरका मस्जिदमा भीड लागेको छ ।

नमाज पढिसकेपछि घरमा गई बली दिने र एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । इस्लाम धर्मावलम्बीले विभिन्न जनावरको बली दिने र त्यसलाई तीन भाग लगाई एक भाग परिवारले भोजन गर्ने, एक भाग पाहुनालाई दिने र एक भाग गरीब एवं दीन दुःखीलाई बाँड्ने मुस्लिम धार्मिक विधान छ ।

बकर इदका अवसरमा संघीय सरकारले ०७४ सम्म सार्वजनिक छुट्टी दिँदै आए पनि त्यसपछि वर्षदेखि कटौती गरेको थियो । यद्यपि यो वर्ष भने सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस