Latest News

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना चन्दागिरीको तारमा अड्किए

Nepalese Times July 6, 2022 (1 Year ago)    531 Views

काठमाडौं ।

चन्द्रागिरीमा रहेको केबलकार केहीबेर बीचमै रोकिँदा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना केबलकारमै अड्किएका छन्।

पारिवारिक घुमघामका लागि तिमल्सिना चन्द्रागिरि पुगेका थिए। विद्युत आपूर्तिको अनियमितता तथा प्राविधिक कारणले गर्दा केबलकार बेला बेला रोकिने गरेको बताइएको छ। केबल कारमा अन्य यात्रुहरु सवार थिए।

केबलकारमा समस्या आएपछि चन्द्रागिरीस्थित भालेश्वर मन्दिर दर्शन गर्न पुगेका करिब चार सय मानिस उतै अड्किएका छन् ।

काठमाडौं प्रहरीका अनुसार अपरान्ह साढे ४ बजेपछि केबलकार सन्चालनमा समस्या आएको हो । केबलकार नचलेपछि अलपत्र सर्वसाधारणलाई गाडीमार्फत ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि दिउँसो पनि चन्द्रागिरी केबलकारमा समस्या आएको थियो ।

प्रतिक्रिया दिनुहोस