Latest News

विवाह बन्धनमा बाँधिइन् पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठ

Nepalese Times July 6, 2022 (1 Year ago)    499 Views

पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठ विवाह बन्धनमा बाँधिएकी छन् । उनले प्रेमी राहुल मोक्तानसँग मंगलबार लगनगाँठो कसेकी हुन् ।

गैरीधाराको सिल्भर ओके पार्टी प्यालेसमा उनको विवाह समारोह आयोजना भएको थियो । विवाह अगाडि उनले सिल्भरमै रिसेप्सन पाटी दिएकी थिइन् । सदीक्षा र राहुलले नेवारी परम्परा अनुसार विवाह गरेका हुन् ।

विवाह समारोहमा दुवैका नजिकका आफन्त साथीभाइको अलवा पूर्व मिस मलिना जोशी, सुगारिका केसीको सहभागिता रहेको थियो ।

विवाह समारोहअघि उनीहरुले सिल्भर ओक रेष्टुरेन्टमा रिसेप्सन दिएका थिए । दुलाहा–दुलहीको पहिरनमा सदीक्षा र राज आकर्षक र खुसी देखिएका थिए । नेवारी चलअनुसार रिसेप्सनपछिको शुभ साइतमा निकट आफन्त र परिवारको उपस्थितिमा बिहे कार्यक्रम भएको थियो ।

पूर्वमिस नेपालहरु र हालको मिस नेपालको ब्याच पनि विवाह समारोहमा उपस्थित थिए । काठमाडौंमा जिमखाना सञ्चालन गरिरहेका राहुल र सदीक्षा केही वर्षयतादेखि प्रेमसम्बन्धमा थिए ।

रिसेप्सनमा सेलिब्रिटी, मिडिया उद्यमी र व्यवसायीहरुलाई पनि निम्तो दिइएको थियो । सदीक्षाले हालै डान्सिङ स्टार्स नेपाल रियालिटी शोमा कार्यक्रम प्रस्तोताको भूमिका निर्वाह गरेकी थिइन् ।

राहुल र सदीक्षाले एक वर्षभन्दा लामो समयको प्रेम विवाहमा परिणत गरेका हुन् । राहुल पेशाले जीम व्यवसायी हुन् । सदीक्षाले २०१० मा मिस नेपाल उपाधि जितेकी हुन् ।

 

प्रतिक्रिया दिनुहोस