Latest News

अभिनेत्री नीता ढुंगानाले दिइन् ‘ब्याचलर पार्टी’

Nepalese Times July 5, 2022 (1 Year ago)    390 Views

काठमाडौं ।

अभिनेत्री नीता ढुंगानाले ‘ब्याचलर पार्टी’ दिएकी छन् । उनले आफ्ना केही नजिकका साथीलाई सोमबार होटल याक एण्ड यतीमा ‘ब्याचलर पार्टी’ दिएकी हुन् ।

‘ब्याचलर पार्टी’को जानकारी उनले सामाजिक संजाल मार्फत तस्बिर सार्वजनिक गर्दै गराएकी छन् । तस्बिरका साथ उनले सिंगल जीवन सकिएको समेत बताएकी छन् ।

नीताले ज्योतिष तथा अभिनेता हरिहर अधिकारीसँग आगामी शुक्रबार अर्थात २४ असारमा विवाह गर्न लागेकी हुन् । उनले विवाह समारोहको निम्तो समेत सबैलाई बाँडिसकेकी छन् ।

दरबारमार्गस्थित होटल याक एण्ड यतिमै बिहान १० बजेदेखि आयोजना हुने वैवाहिक कार्यक्रममा आफन्त र परिवारलाई मात्र बोलाइएको छ । नीताले हरिहरसँगको करिव ४ वर्षको प्रेम विवाहमा परिणत गर्न लागेकी हुन् ।

 

प्रतिक्रिया दिनुहोस