Latest News

आफ्नै छोराकी प्रेमिकासँग बाउले गरे बिहे

Nepalese Times July 4, 2022 (1 Year ago)    438 Views

काठमाडौं ।

अमेरिकाको ओहायो राज्यका एक पुरुषले आफ्नै छोराकी पूर्वप्रेमिकासँग विवाह गरेका छन्। ओहायोका ५१ वर्षीय ट्रक चालक पाउल डिनले आफूभन्दा २४ वर्ष कम उमेरकी सिड्नी डिनसँग विवाह गरेका हुन्।

युवतीले ११ वर्षको हुँदा पहिलोपटक पाउललाई भेटेकी थिइन्। छोरासँग प्रेमसम्बन्धमा रहेको बेला उनी पाउलको घरमा गएकी थिइन्।

सोही क्रममा उनीहरुको पहिलो भेट भएको थियो। यद्यपि उनीहरुको प्रेमसम्बन्ध लामो समय टिक्न सकेन। तर, पनि सिड्नी साथीको रुपमा पाउलको घरमा गइरहन्थिन्।

पछि पाउलका छोराले पनि अर्की प्रेमिका पाए, त्यसपछि भने सिड्नी पाउलको घरमा जाँदा छोरासँग भन्दा पनि पाउलसँग कुराकानी गरेर बस्थिन्।

उनी १६ वर्षको हुँदा उनी पाउलसँग डेटिङ जान थालेकी थिइन्। त्यसपछि पनि उनीहरुको सम्बन्धमा विभिन्न किसिमको उतारचढाव आए। तर, अन्ततः उनीहरुले साथीभाइ र परिवारलाई पनि यो सम्बन्धमा राजी गराए।

सिड्नीले आफू यो सम्बन्धमा निकै खुसी रहेको बताएकी छिन्।

सुरुमा आफ्नो परिवारले उमेरको अन्तरलाई विषय बनाएर आनाकानी गरे पनि अहिले भने सबैले पाउललाई स्वीकार गरेको सिड्नीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस