Latest News

लाइभ दोहोरीमा छाडा शब्द गाउने यी १३ कलाकारले मागे माफी

Nepalese Times July 3, 2022 (1 Year ago)    1066 Views

काठमाडौं । १३ जना लाइभ दोहोरी कलाकारले राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानलाई स्पष्टीकरण दिएका छन् ।

अश्लील गीत गाएर सामाजिक सद्भाव बिगारेको आरोप लागेका उनीहरुले स्पष्टीकरण दिएका हुन् ।

पछिल्लो समय लाइभ दोहोरीको नाममा छाडापन बढेको गुनासो बढेको छ । कतिपय अग्रणी कलाकार समेत यस्तो कार्यमा संलग्न रहेको पाइएको छ ।

सबै जनाले आइन्दा लाइभ दोहोरीमा छाडा शब्द नगाउने भन्दै प्रतिबद्धता जनाउँदै माफीसमेत मागेका छन् ।

प्रत्यक्ष दोहोरीको नाममा छाडा गीत गाएको व्यापक जनगुनासो आएपछि प्रतिष्ठानले पत्र काट्दै २० जना कलाकारलाईकार्यालयमा बोलाएको थियो ।

तीमध्ये १३ जना मात्र उपस्थित भएर स्पष्टीकरण दिएका प्रतिष्ठानअन्तर्गतको विकृति विसंगति रोकथाम कार्यदल संयोजक शिव हमालले बताए ।

उनले भने, ‘उहाँहरुलाई सचेत गराइएको छ । स्पष्टीकरण सोधिएको छ र आइन्दा गल्ती नदोहो¥याउने प्रतिबद्धता जनाउनुभएको छ ।’

हमालले भने, ‘दोहोरीको द पनि नजान्नेलाई गाउन लगाएर भएन । अर्काले लेखेर गीत गाएको देखिएको छ । हामीलाई उहाँहरुलाई चेतावनी दियौं ।’

तर प्रतिष्ठानले सचेत गराउँदै स्पष्टीकरण सोधेको यो पहिलोपटक भने होइन । यसअघि पनि स्पष्टीकरण सोधिएको थियो, तर प्रत्यक्ष दोहोरी कलाकारसामु प्रतिष्ठान निरीह देखिएको छ ।

प्रतिक्रिया दिनुहोस