Latest News

आज २०७९ साल आषाढ १८ गते शनिवारको राशिफल हेर्नुहोस्

Nepalese Times July 2, 2022 (1 Year ago)    445 Views

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज साथीभाईबाट विश्वासघात हुनेछ । स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । व्यवसायमा समय दिए पनि आम्दानी गर्न मुस्किल पर्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । वैदेशिक क्षेत्र कमजोर रहनेछ । खानपिनमा विचार पनि पुर्याउनु पर्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । शेयर बजारको लगानीले पनि राम्रै फाइदा देला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज सामान हराउने वा चोरी हुने सम्भावना छ । तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । साँझमा कुनै कुराले मनमा शान्ति छाउने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । लामो समयदेखि रोकिएका अधुरा काम पुनः सुरु हुन सक्छ । साथीबाट सहयोग मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कीर्तिमानी काम गर्ने समय छ । चलाखी पूर्ण बोलीले काम बन्ला । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धार्मिक यात्राको योग छ । नयाँ कार्यको योजना बन्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शुभ चिन्तकहरूले पूर्ण समर्थन गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्नसक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मनोरञ्जनमा सहभागी भइएला । घुमफिरमा आकर्षण बढ्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज आँटेको र ताकेको कार्य पुरा होला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । प्रेममा मधुरता पनि छाउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । आँटेको कार्यमा सफलता मिल्नेछ, तर वैदेशिक कामकाजहरू भने कमजोर नै रहला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

– ज्यो.प. नारायणप्रसाद दुलालको सहयोगमा हाम्रोपात्रो डटकमबाट

प्रतिक्रिया दिनुहोस