Latest News

राती सुत्नु अघि यसो यसो गर्नुस्, लक्ष्मीको बास घरमा सधै रहन्छ

Nepalese Times July 1, 2022 (1 Year ago)    369 Views

काठमाडौं ।

मानिसहरुले गर्नुपर्ने नित्य कर्मका बारेमा शास्त्रले नै उल्लेख गरेको पाइन्छ । हामीले मात्र अनुसरण गरे दैनिक जीवन सहज हुन्छ ।

जोतिषशास्त्रलाई मान्ने हो भने रातिको समयमा पनि केही त्यस्ता काम गर्नुपर्छ जसले तपाईको घरमा सुख, शान्ति र समृद्धि छाउँछ । त्यस्तै यस्ता कामलाई नियमवद्ध अपनाउनाले घरमा सदैव लक्ष्मीको बास हुन्छ । राति घरको दक्षिण र पश्चिम कुनामा बत्ती वा बल्ब बाल्नाले पितृको आत्माले शान्ति पाउँछ र घरमा सम्पन्नता छाउँछ ।

पूजा घर वा देव स्थानमा राति दियो बाल्नाले घरमा लक्ष्मीको बास रहन्छ । धनकी देवी लक्ष्मी प्रशन्न हुने विश्वास गरिन्छ । सुत्नुभन्दा पहिला आफ्नो गोडा धुनपर्छ, यसो गर्नाले राम्रो निद्रा आउँछ र निद्रा राम्रो परेपछि स्वास्थ्यमा आउने समस्या समेत दूर हुन्छ । सुतेको बेलामा आफ्नो खुट्टालाई उत्तरी दिशातर्फ पार्नुहोस् ।

यसो गर्नाले शरीर र घरमा समेत नकरात्मक उर्जा आउन पाउँदैन । सुत्ने कोठामा कपूर बाल्नाले सकारात्मक ऊर्जा प्राप्त हुन्छ र पति पत्निबीचको सम्बन्ध समेत सुमधुर बन्छ । घरमा भएका बृद्धा र आमा बुबा सुतिसकेपछि मात्र सुत्नुहोस् यसले परिवारक सम्बन्धमा सुधार आउँछ । कलह हुन पाउँदैन ।शुद्ध र पवित्र मनले कुनै पनि कर्म गरे फल प्राप्ति अवश्य हुन्छ ।

शास्त्रहरुले कुन काम गर्न कुन मन्त्रको प्रभाव बढी रहन्छ भन्ने विषयमा उल्लेख गरिएको पाइन्छ । जीवनमा सफलताका लागि हरेक दिन मानिसहरुले विभिन्न उपाय खोजिरहेका हुन्छन् । तर शास्त्रलाई अनुशरण मात्र गर्ने हो भने धेरै कुरा सहज हुन्छ ।

जीवनमा धन प्राप्तिसँगै हरेक काममा सफलता चाहानुहुन्छ भने हरेक दिन बिहान नित्यकर्म पश्चात स्नान गर्ने समयमा गंगा चालिसा स्नान मन्त्रको जप गर्नाले उसको जीवनमा सुख, शान्ति र ऐश्वर्य प्राप्ति हुने विश्वास गरिन्छ ।यस्तो छ मन्त्र-गंगे च यमुने चैव गोदावरी सरस्वती।
यो पनि :-

सनातन धर्म अनुसरण गर्ने धेरै मानिसहरूलाई शालिग्रामको बारेमा थाहा हुन्छ। कालो रंगको चिल्लो अण्डा आकारका ढुंगाको स्वरूपमा शालिग्रामको पूजा गरिन्छ। भक्तजनले शालिग्राम घरमा ल्याएर सिधै आसनमा विराजमान गराएर पूजा गर्न सक्छन्। शालिग्रामलाई भगवान श्री हरि विष्णुको स्वरूप पनि मानिन्छ। शालिग्रामलाई घरमा राखेर नियमित पूजा गर्नाले धेरै समस्याहरूबाट मुक्त हुन सकिन्छ। घरमा खुशी र समृद्धि आउँछ।

शालिग्रामलाई भगवान विष्णुको स्वरूप मानिन्छ, त्यसैले उहाँलाई तुलसी अर्पण गर्नुहोस्। तुलसीबिना शालिग्रामको पूजा अपूर्ण मानिन्छ। यसरी स्वच्छ मनले शालीग्रामको पूजा गर्नाले हरेक कार्यहरूमा सफलता प्राप्त मिल्दछ। शालिग्राम र माता तुलसीको विवाहको प्रावधान पनि छ। भनिन्छ कि तुलसीको विवाह गरियो भने कन्यादान जस्तो सद्गुण फल प्राप्त हुन्छ। यसो गर्नाले सबै प्रकारका पाप, कलह, आदि नष्ट हुन्छन्।

तपाईंको घरमा धन सम्बन्धि समस्या छ भने पनि शालिग्राम स्थापना गरेर पूजा गर्न सक्नुहुनेछ। किनकि घरमा शालिग्राम हुनु भनेको विष्णु र माता लक्ष्मीको बास हुनु हो। शालिग्रामको नियमित पूजा गर्नाले र जल अर्पण गर्नाले सबै प्रकारका कष्ट दूर हुन्छन्। घरमा कुनै पनि प्रकारको अभाव हुँदैन। शालिग्रामको अभिषेक गरिएको जल आफ्नो शरीरमा छर्कनु मात्र तीर्थयात्रा र यज्ञको समान हुन्छ।
शालिग्रामलाई नियमित स्नान गराएर चन्दन लगाउनु

पर्छ। त्यसपछि तुलसीदल अर्पण गरेर चरणामृत चढाउनु पर्छ। यसले तपाईंको सबै मानसिक, शारीरिक र वित्तीय समस्याहरू समाधान गर्न मद्दत गर्दछ। भनिन्छ कि भगवान शिवले पनि शालिग्रामको प्रशंसा गर्नु भएको थियो। तसर्थ, शालिग्राम घरमा राख्दा महादेवको पनि कृपा प्राप्त गर्न सकिन्छ। धर्मशास्त्रका अनुसार शालिग्राम भएको ठाउँ मन्दिरको समान हुन्छ।

प्रतिक्रिया दिनुहोस