Latest News

राष्ट्रिय स्वतन्त्र पार्टीका २१ केन्द्रीय सदस्यको नाम सार्वजनिक, को-को छन् ? (सूचीसहित)

Nepalese Times July 1, 2022 (1 Year ago)    1151 Views

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले २१ सदस्यीय केन्द्रीय कार्यसमिति सदस्यको नाम सार्वजनिक गरेको छ ।

शुक्रबार निर्वाचन आयोगले दर्ताको प्रमाणपत्र दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले एक विज्ञप्ति जारी गरी केन्द्रीय समितिका २१ जनाको नाम सार्वजनिक गरेका हुन् ।

लामिछानेको नेतृत्वमा २१ सदस्यीय केन्द्रीय कमिटी बन्नेछ । जसमा प्रवक्ता बाहेक पदाधिकारी हुने छैनन् । पार्टीको पहिलो बैठकबाट ढकाललाई प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

प्लेन तदर्थ समितिको बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीले भातृ संगठन पनि नबनाउने नीति लिएको छ । उक्त पार्टीमा कार्यकर्ता नभई सदस्य मात्रै छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले एक वर्षपछि पार्टीले महाधिवेशन गर्नेछ । महाधिवेशन नभएसम्म सभापति र प्रवक्ता बाहेकका पदाधिकारी हुने छैन ।

दल दर्तापछि लामिछानेले अत्यन्तै खुसी भएको र आजदेखि औपचारिक रुपमा पार्टी दर्ता भएको बताए । उनले गोलाकार भित्रको घण्टी चुनाव चिन्ह पाएको सञ्चारकर्मीहरुलाई जानकारी गराएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको छोटकरी नाम रास्वपा हुने र अंग्रेजीमा ‘नेश्नल इन्डेपेन्डेन्ट पार्टी’ संक्षिप्तमा ‘एनआपी’ हुने भएको छ । पार्टीको नामका विषयमा पछि कानुनी

आफूद्वारा प्रस्तावित ‘राष्ट्रिय स्वतन्त्र पार्टी’लाई निर्वाचन आयोगले मान्यता दिएपछि अध्यक्ष रवि लामिछानेले खुसी व्यक्त गरेका छन्।

शुक्रबार निर्वाचन आयोगमा आफ्नो दल दर्ता भएपछि प्रमाणपत्र लिएर बाहिरिने क्रममा उनले अब जनतामाझ जाने बाटो पनि खुलेको बताएका छन्।

‘हामीले प्रस्ताव गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ र चुनाव चिह्न घण्टीलाई निर्वाचन आयोगले स्वीकारेको छ’, उनले भने, ‘अब स्वतन्त्र नामलाई लिएर विरोध गर्नुको अर्थ रहेन। घण्टी भने हामीले गोलाकारभित्रको बजाउन पाउने भएका छौँ।’

रविले आफ्नो दल दर्ता भइसकेपछि स्वतन्त्र अभियानसहित चुनावी तयारीमा लागेका सबैलाई स्वागत गर्न तयार रहेको बताए।

‘हामीसँग मिल्न चहाने सबै स्वतन्त्र राजनीतिक अभियन्ताहरुलाई स्वागत गर्न तयार छौँ। अब हामी त्यही अनुसार वार्ता पनि थाल्छौँ’, उनले भने, ‘विचार मिल्ने व्यक्ति र समूहसँग संवादसँगै अब जनताको घर दैलोमा पुगेर चुनावी तयारी थाल्छौँ।’

उनले आफ्नो पार्टीको केन्द्रीय कमिटीबारे केही खुलाएनन्। ‘त्यसबारे अझै केही बोलिहाल्न हतार हुन्छ’, उनले भने, ‘निर्वाचन आयोगमा पनि प्रमाणीकरण चलिरहेकाले केही दिनमा हामी हाम्रो कमिटीबारे विस्तृतमा भन्छौँ।’

प्रतिक्रिया दिनुहोस