Latest News

पहिरोमा परेर एकै ठाउँमा १४ जनाले ज्यान गुमाए, थुप्रै अलपत्र

Nepalese Times July 1, 2022 (1 Year ago)    384 Views

भारत । भारतको मणिपुरको नोनी जिल्लामा एक निर्माणाधीन रेलवे साइटको भग्नावशेषमा पुरिएर चौध व्यक्तिको ज्यान गएको छ । अन्य थुप्रै फसेको आशङ्का गरिएको छ ।

भग्नावशेषबाट २३ जनालाई निकालिएको छ जसमा १४ जनाको ज्यान गएको थियो । त्यसैगरी अन्यको खोजी जारी छ। कति पुरिएका छन् भन्ने यकिन भएको छैन तर हालसम्म गाउँले, सेना र रेलवे कर्मचारी, मजदुर (गाडिएका) सहित ६० जनाको ज्यान गएको हुन सक्ने बताईएको छ ।

रातभर खोजी तथा उद्धार कार्य जारी रहेको र घटनास्थलमा सघाउन डोजर लगायतका इन्जिनियरिङ उपकरणलाई परिचालन गरिएको छ ।
जिरिबमदेखि इम्फालसम्म निर्माणाधीन रेलमार्गको सुरक्षाका लागि नोने जिल्लाको तुपुल रेलवे स्टेसन नजिक तैनाथ भारतीय सेनाको १०७ टेरिटोरियल आर्मीको कम्पनी लोकेशन नजिक बुधबार र बिहीबार राति पहिरो गएको थियो ।

भारतीय सेनाको असम राइफल्स र टेरिटोरियल आर्मीका टुपुल रेलवे स्टेसनका सुरक्षाकर्मीहरूले, नोने जिल्ला, मणिपुरको सामान्य क्षेत्रमा प्रतिकूल मौसमको बावजुद दिनभर पहिरो प्रभावितलाई बचाउन उद्धार कार्य जारी राखेका थिए।

अहिले भारतीय रेलवे, नागरिक प्रशासन, एनडीआरएफ, एसडीआरएफ र नोनी जिल्लाका स्थानीयहरूले पनि खोजी कार्यमा सक्रियता पूर्वक जुटिरहेको जनाइएको छ ।
यसै बीच प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार मुख्यमन्त्री एन बिरेन सिंहसँग मणिपुरमा लगातार वर्षाका कारण आएको पहिरोको अवस्थाको समीक्षा गर्दै केन्द्र सरकारबाट पूर्ण सहयोगको आश्वासन दिएका छन् ।

‘मणिपुरका सीएम श्री (एन वीरेन्द्र सिहँजीसँग कुरा भयो साथै दुःखद पहिरोको कारण उत्पन्न स्थितिको समीक्षा भयो। केन्द्रबाट सबै सम्भव सहयोगको वाचा गर्दछु । म सबै प्रभावितहरूको सुरक्षाको लागि प्रार्थना गर्दछु। म शोकसन्तप्त परिवारहरूसँग छु। घाइतेहरूको छिट्टै निको होस् ।’ प्रधानमन्त्री मोदीले ट्वीटमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस