Latest News

काठमाडौंमा यी दुई महिलाले पाए सहायक सीडीओको जिम्मेवारी

Nepalese Times July 1, 2022 (1 Year ago)    456 Views

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दुई जना महिलालाई सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । सुप्रभा खनाल र देवी पाण्डेले सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएका हुन् ।

खनाल प्रशासन शाखाको प्रमुख समेत हुन् । उनलाई सूचना अधिकारीको समेत जिम्मेवारी दिइएको छ ।

यस्तै पाण्डेलाई नागरिकता शाखा प्रमुखको जिम्मेवारी दिइएको छ । मोरङको विराटनगर महानगरपालिका ५ स्थायी घर भएकी सुप्रभा उपसचिव भएको करिब ७ वर्ष पुगिसकेको छ । उनी ९ महिनादेखि काठमाडौंमै छिन् ।

उपसचिव नै हुँदा यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, उद्योग विभाग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा काम गरेको अनुभव छ । शाखा अधिकृतबाट निजामती सेवा प्रवेश गरेकी सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले निजामती सेवामा १२ वर्ष बिताइसकेकी छन् ।

यस्तै पाण्डेको स्थायी घर गुल्मीको गुल्मीदरवार गाउँपालिका वडा नम्बर ६ मा हो । राष्ट्रिय विपद् जोखिम तथा व्यवस्थापन प्राधिकरणबाट काठमाडौ‌ं प्रशासनमा आएकी उनीसँग पर्वत जिल्लाको प्रमुख जिल्ला अधिकारी भएर काम गरेको अनुभव छ ।

२०६३ असोज ८ गते शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी पाण्डे शाखा अधिकृत हुँदा ५ वर्ष पर्यटन, नागरिक तथा उड्डयन मन्त्रालयमा काम गरेकी छन् ।

काठमाडौं उपत्यकामा रहेकी जिल्ला प्रशासन कार्यालय ललितपुर र जिल्ला प्रशासन कार्यालय भक्तपुरमा भने सहायक प्रमुख जिल्ला अधिकारी महिला छैनन् । यद्यपि भक्तपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी भने महिला रुद्रादेवी शर्मा रहेकी छन् ।

प्रतिक्रिया दिनुहोस