Latest News

यस्तो छ आषाढ १७ गते शुक्रवारको राशिफल

Nepalese Times June 30, 2022 (1 Year ago)    382 Views

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : दाम्पत्य जीवन सुखद एवम् समृद्ध बन्ने देखिन्छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुन सक्छ । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुने छ । दिन रमाइलोको साथ बित्ने छ । रोकिएका अधुरा कामहरु पुरा हुने छन् भने व्यवहारिक समस्याको हल हुने छ । सामान्यतया दिन राम्रो छ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : पारिवारिक समस्याको समाधान हुने देखिन्छ । महत्वपूर्ण कार्यमा सफलता पाउन सकिनेछ । कृषिजन्य व्यापारबाट राम्रो फाइदा हुने देखिन्छ । दान पुण्यका कार्यमा आकर्षण बढ्ने छ । सामाजिक कार्यमा संलग्न हुनु पर्ने देखिन्छ । सोच्दै नसोचेको ठाँउबाट आर्थिक लाभ हुने समय छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : सन्तानबाट खोजे जस्तो सहयोग नपाउँदा केहि पीडा होला । स्वास्थ्यमा समस्या आउला । साथै, उपचारका लागी खर्च हुनेछ । गरेका कार्यहरु हतपत नबन्ने साथै बनिहाले पनि मेहनत गरे अनुसारको फल नपाइने योग छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । जागिरमा सुधार आउने छ । साथै, आफन्तले पनि सहयोग गर्नाले सबै रोकिएका कामहरु बन्न थल्ने छन् । प्रयास अनुसारको कार्य हुनुका साथै परि आएका समस्याको हल हुनेछ । अन्न तथा धनको पनि लाभ होला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : काममा जोश जागँर आउनुका साथै आर्थिक एवम् सामाजिक लाभ मिल्ने छ । उधोग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ । यात्राको योग छ । समस्याहरु आफै किनारा लाग्ने छन् । धैर्यताको मात्रा बढाउन सके धेरै राम्रो समय छ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । बिस्तारै कामहरु बन्न थाल्ने छन् । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । साथी घर परिवारबाट सुख शान्ती पाइने छ । यात्राको लागि उचित समय रहेको देखिन्छ । कृषि कर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) : कामकै पछि लागे पनि कुन काम गर्ने निर्णय गर्न सकिने छैन । सोचे अनुरुप काम नहुने र दिएको पैसा पनि फिर्ता नहुने योग छ । परिवारबाट सोचे अनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुनेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : सोचे अनुसार काम बन्न कठिन छ । नयाँ लुगा र मीठो खाजाको आनन्द पनि मिल्नेछ । आज त्यसै त्यसै समय अलमल गराउने खाल्को छ, काममा पनि मन नजान सक्छ । आटे गरेका काम पुरा हुनुका साथै समस्याको समाधान हुनेछ । परिवारबाट सुख मिल्ने दिन छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : आर्थिक कार्य फलदाई हुनुका साथै पारिवारिक सुख मिल्ने छ । साथै आत्मबल बढ्ने छ । ब्यापारमा सोचे अनुरुपको फाइदा होला । लाभदायक समय छ । आर्थिक लाभ मिल्ल्नुका साथै व्यापार व्यवसायमा फाइदा हुनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : पैतृक सम्पतीबाट लाभ हुनुका साथै धार्मिक कार्यमा सम्लग्न हुने समय छ । बाहान चौपाय आदि प्राप्त होला । साथै, नयाँ सामानको खरिद गर्ने योग देखिन्छ । आकस्मिक रुपले सफलता वा असफलता मिल्ने समय छ, रुपैँया पैसाको कारोबार हुने दिन छ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : शारिरीक तथा मानसिक आलस्यता बढ्नेछ । झै भगडा हुने दिन छ । अनावश्यक डर, वादविवाद हुन सक्नाले समय खासै राम्रो छैन, होस पुर्याउनु होला । गरेका कामहरु अधुरा रहने छन् भने स्वास्थ्यले पनि साथ नदिन सक्छ । कोहिसँग सामान्य वादविवाद पनि होला ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन् । घर परिवारमा खटपट हुनुका साथै व्यवहारिक समस्याले सताउने छ । कामहरु अधुरै रहनाले मनमा खिन्न होला । घर परिवारबाट पनि त्यत्ति सहयोग पाइने छैन ।

प्रतिक्रिया दिनुहोस