Latest News

नायिका नीता ढुंगाना र ज्योतिष हरिहरको बिहेको मिति तोकियो, यो होटलमा हुनेछ ‘बिहे पार्टी’

Nepalese Times June 30, 2022 (1 Year ago)    1269 Views

काठमाडौं । नायिका नीता ढुंगाना र युवा ज्योतिष तथा नायक हरिहर अधिकारीबीचको प्रेम सम्बन्ध घाम झै छर्लङग् रहेको छ । जुनसुकै सभा समारोह तथा सामाजिक काममा यो जोडी सधै संगै देखिने गरेको छ । अब चाँडै नै यो जोडी बिबाह बन्धनमा बाँधिने भएका छन् ।

यो जोडीले असार २४ गते बिबाह गर्न लागेको खबर आएको छ । फिल्म ‘ह्रस्व दीर्घ’को छायांकन सुरु गर्नु अगाडि नै नीता र हरिहरले घरजम गर्न लागेका हुन् ।

नीता र हरिहरको बिहे असार २४ गते याक एन्ड यति होटलमा हुँदैछ । असारको २५ वा २६ गते यी दुई जनाले आफ्नो बिहेको पार्टी समेत सोही होटलमा दिनेछन् ।

आउँदो २४ असारमा विवाह र २६ असारमा रिसेप्सेनको टुंगो लागिसकेको बताइएको छ । दुवै समारोह राजधानीको पाँचतारे होटल याक एन्ड यतिमा आयोजना हुने छन् ।

चलचित्र क्षेत्रका धेरै कलाकारहरूलाई विवाह वा रिसेप्सनमा निम्त्याउने तयारी गरिएको बताइएको छ । नीता र हरिहरको पहिलो भेट नीताकै घरमा भएको थियो । उनका भाइ र हरिहर साथी थिए ।

भाइसित भेट्न घरमा आउँदा उनीहरूबिच मित्रता झ्यागंगिदै गएको बताइन्छ । ज्योतिष पेसामा रमाइरहेका हरिहर चलचित्रमा आएको धेरै भएको छैन भने नीता लामो समयदेखि नेपाली चलचित्रमा सक्रिय छिन् ।

करिब तीनवर्षदेखि प्रेम सम्बन्धमा रहेका यो जोडीले फिल्म ‘ह्रस्वदीर्घ’ निर्माणको तयारी समेत गरेका छन् । चन्द्र पन्तको निर्देशन रहने फिल्ममा दुबै मुख्य भूमिकामा देखिँदैछन् । फिल्मको ‘ह्रस्व दीर्घ’मा भिलेनको भूमिका साउथ कलाकार प्रदीपसिंह रावत देखिँदैछन् ।

विवाहमा सहभागी हुन रावत पनि नेपाल आउने बताइएको छ । नीता र हरिहरले एक टेलिभिजन कार्यक्रममा समेत लामो समयदेखि सहकार्य गरिरहेका छन् । उक्त कार्यक्रमको निर्देशक नीता हुन् भने संचालक हरिहर रहेका छन्

प्रतिक्रिया दिनुहोस