Latest News

कोरियामा काम गर्ने नेपालीलाई खुशीको खबर, बढ्यो तलब

Nepalese Times June 30, 2022 (1 Year ago)    432 Views

काठमाडौं । दक्षिण कोरियाली सरकारले कोरियामा काम गर्नेहरुको तलब बढाएको छ। बुधबार बसेको ज्याला निर्धारण समितीको बैठकले २०२३ को न्यूनतम तलब प्रतिघण्टा ९ हजार ६ सय २० वन पुर्याएको छ।

कोरिया मा मजदुर को न्युनतम ज्याला अहिलेको ९१६० वनमा प्रति घण्टा मा ४६० वन बृद्धि भएर ९६२० वन प्रति घण्टा यानी कि ५% बढिले बृद्धी भएको हो । २०९ घण्टा महिनामा काम गर्ने मजदुर ले महिना को न्युनतम ज्याला २० लाख १० हजार ५८० वन प्राप्त गर्ने छन । यो रकम गत बर्षको भन्दा ५ प्रतिशतले बढेको हो। अब कोरियामा काम गर्ने कामदारले मासिक न्युनतम २० लाख १० हजार ५ सय ८० वन आम्दानी गर्नेछन् ।

यस्तै इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध ट्रेड युनियन आन्दोलनका कारण रोकिएको इजरायलको रोजगारी ६ महिनापछि पुन: सुरु भएको छ । इजरायलको परराष्ट्रमन्त्रालय सम्बद्ध ट्रेड युनियनले आन्दोलनका कार्यक्रम कायम नै राखेर नेपाली श्रमिकको हकमा प्रवेश सहजीकरण गर्ने भएपछि रोकिएका युवा इजरायल जान पाउने भएका हुन् ।

वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले बुधबार इजरायली पक्षसँग अनलाइन बैठक गरी प्रवेश सहजीकरण गर्ने सम्बन्धमा छलफल गरेका थिए ।

नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौता बमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहयोगी कामदारको रुपमा कार्य गर्न छनौट भएका १ हजार १७५ जना कामदारमध्ये करार सम्झौता (एसईसी ) सम्पन्न भई २९७ जना कामदार भने यसअघि नै इजरायल प्रस्थान गरिसकेका कारोबार दैनिकमा खबर छापिएको छ ।

यस्तै वैदेशिक रोजगारी र अध्ययनको लागि आकर्षक गन्तव्य मानिने युनाइटेड किङडम (युके) को मौसमी भिसामा नेपालमा ठगिधन्दा चलेको पाइएको छ। खासगरी फलफुल टिप्नको लागि छोटो समय ६ महिना को लागि दिइने भिसामा नेपालका मेन पावर कम्पनीहरुले ठगिधन्दा चलाउने गरेका भेटिएको हो। मौसमी भिसामा युके जान जम्माजम्मी २ लाख रुपैया मात्र खर्च हुन्छ।

तर यहाँ त बिभिन्न कम्पनीहरुले ७ गुणा बढी १५ लाखसम्म रकम असुल्ने गरेका रोजगारीमा जानेहरु बताउँछन्। नवलपरासी बर्दघाटका सुरेश गुरुङ अहिले यूकेस्थित क्यान्टबरीको एक स्ट्रबेरी फार्ममा काम गर्छन्, उनी ७ लाख तिरेर त्यहाँ गएको बताएका छन्।

उनका अनुसार मौसमी भिसामा युके जानेहरुले १४र१५ लाख सम्म तिर्ने गरेका छन्। यूके सरकारको वेबसाइटमा उल्लेख गरिए अनुसार मौसमी कामदार भिसा आवेदनका निम्ति २५९ पाउन्ड वा लगभग ४० हजार नेपाली रुपैयाँ तिर्नु पर्छ।

त्यसबाहेक कामदारले यात्रा खर्चको लागि एक लाख ४० हजार, श्रम स्वीकृति लिनुअघि गर्नु पर्ने चिकित्सा परीक्षणको शुल्क समेत जोड्दा जम्मा खर्च करिब दुई लाख हुने देखिन्छ। तर यसको सात गुणासम्म पैसा असुल्ने धन्दामा लाग्ने कम्पनी काठमाण्डौँमा प्रशस्तै भेटिन्छन्।

त्यहाँ जान ब्यक्तिगत रुपमा भिसा आवेदन दिन सकिन्छ। तर धेरैले यसबारे थाहा नपाएर बिभिन्न कम्पनीहरूमार्फत महंगो शुल्क तिरेर जान बाध्य भएका छन्। यस्तो महंगो शुल्क लिने गरेको जानकारी आइरहेकाले आवश्यक अनुसन्धान गरेर कारबाही गरिने वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेल बताउछन्।

प्रतिक्रिया दिनुहोस