Latest News

पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची सार्वजनिक

Nepalese Times June 25, 2022 (1 Year ago)    576 Views

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ। सरकारले पेट्रोलियम पदार्थमा लिँदै आएको कर कटौती गरेपछि निगमले नयाँ मूल्यसूची सार्वजनिक गरेको हो।

शनिबार राति १२ बजेबाट लागु हुने गरी निगमले जारी गरेको नयाँ मूल्य सूचीमा पेट्रोलको मूल्य प्रतिलिटर १७९ कायम गरिएको छ। यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ९२ कायम गरिएको छ।

यसअघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शनिबार दिउँसो पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिएका थिए।

पेट्रोलियम पदार्थको मूल्यबारे सरकारको धारणा सार्वजनिक गर्न सिंहदरबारमा आयोजित आकस्मिक पत्रकार सम्मेलनमा उनले पेट्रोलमा २० रुपैयाँ र डिजेल, मट्टितेलमा २९ रुपैयाँ घटाइएको जानकारी दिएका थिए।

त्यस्तै, अत्यावश्यक वस्तुहरुको मूल्यको वृद्धिका कारण सर्वसाधारण जनता मारमा गरेको भन्दै मन्त्री दिलेन्द्र बडुले यस संवेदनशील अवस्थाप्रति सरकार गम्भीर र संवेदनशील हुँदै मूल्य घटाइएको बताए ।

नेपाल सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको केही करलाई कटौती गरेर मूल्य घटाउने सहमति भएको उनको भनाइ छ । शनिबार बिहान बसेको शीर्षस्थ नेताहरुको बैठकले मूल्य घटाउन सरकारलाई निर्देशन दिएको थियो ।

बडुका अनुसार सो बैठकमा प्रधानमन्त्रीले शेरबहादुर देउवाले सरकारले लगाउँदै आएको टयाक्सलाई घटाएर भएपनि मूल्य घटाउनु पर्छ भनेर भनेको र सोही अनुसार निर्णय भएर कार्यान्वयन गर्न लागिएको बताए ।

उनले समग्र मूल्यवृद्धिलाई नियन्त्रण गर्न अनुगमनलाई प्रभावकारी बनाइने पनि बताए । नेपाल आयल निगमले पछिल्लो पटक डिजेल र मट्टितेलमा २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ भाउ बढाएको थियो ।

अहिले पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजल/मट्टितेल प्रतिलिटर १९२ रुपैयाँमा कारोबार भइरहेको छ । एक्कासि इन्धनको भाउ बढेपछि सरकारमाथि चौतर्फी दबाब आएको थियो । कर कटौती गरेर भए पनि नागरिकलाई राहत दिन सदनदेखि सडकबाट सरकारलाई दबाब दिने काम भइरहेको छ ।

इन्डियन आयल कर्पोरेसन (आईसोसी) बाट १३१.९१ रुपैयाँमा खरिद गरिएको पेट्रोल सर्वसाधारणले १९९ मा खरिद गर्छन् ।

 

प्रतिक्रिया दिनुहोस