Latest News

विनोद चौधरीले पनि गरे चुनाव लड्ने घोषणा, कहाँबाट दिँदै छन् उम्मेदवारी ?

Nepalese Times June 24, 2022 (1 Year ago)    870 Views

काठमाडौं । उद्योगी एवं सांसद विनोद चौधरीले पनि आगामी प्रतिनिधिसभा चुनावमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आगामी निर्वाचन प्रत्यक्ष लड्ने उनदले घोषणा गरेका हुन् ।

प्रतिनिधिसभामा हाल कांग्रेसबाट समानुपातिक सांसद रहेका चौधरीले अब पुनः समानुपातिकबाट सांसद नबन्ने बताएका हुन् । ललितपुरमा सञ्चारकर्मीहरूसँगको भेटमा उनले आगामी निर्वाचन प्रत्यक्ष लड्ने तयारी गरिरहेको जानकारी गराए ।

आफू प्रत्यक्ष चुनाव लड्ने मनसायले लागिरहेको भन्दै उनले भने, ‘अन्तिम निर्णय त पार्टीले नै गर्ने हो । तर, पार्टीसँग सल्लाह हुन्छ । यो पक्का हो, फेरि समानुपातिकमा आउनेछैन।’

उनले अबको प्राथमिकता राजनीति नै भएको स्पष्ट पार्दै आफूले महाधिवेशनमा वडाबाटै चुनाव लडेको र अब ब्याकडोरबाट राजनीति गर्ने प्रश्नै नरहने र फ्रन्टलाइनबाटै राजनीतिमा आउने बताए ।

चौधरी आगामी निर्वाचनमा कुन निर्वाचन क्षेत्रबाट लड्ने भन्नेबारे भने खुलाएनन् । सबै परिवर्तन राजनीतिबाट सम्भव भएकाले आफू राजनीतिमा आएको उनले बताए।

जुन कुरा राजनीतिबाट सम्भव छ त्यो व्यक्तिबाट सम्भव नरहेको भन्दै उनले त्यसकै कारण आफू राजनीतिमा आएको बताए ।

बाँकी राजनीतिक जीवन कांग्रेसमै बिताउने भन्दै चौधरीले भने, ‘सके संघर्ष गर्छु, नसके घर फर्केर बस्छु।’

====

प्रतिक्रिया दिनुहोस