Latest News

ह्वात्तै घट्ने भयो पेट्रोलियम पदार्थको मूल्य !

Nepalese Times June 23, 2022 (1 Year ago)    686 Views

काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मूल्य आकासिएको छ । रुस र युक्रेनको युद्धका कारण पेट्रोलियम पदार्थको अभाव हुँदा मूल्य बढेको नेपाल आयाल निगमको भनाई छ ।

अहिले नेपालमा पेट्रोल १ सय ९९, डिजेल र मट्टीतेल १ सय ९३ रुपैयाँमा कारोबार भइरहेको छ । भारतले पठाएको पछिल्लो मूल्य सूची अनुसार पेट्रोल १ सय २८ रुपैयाँ परेको छ । निगमले त्यसमा विभिन्न शिर्षकका करहरु जोडेर २ सय १२ रुपैयाँ पर्ने निगमले जनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसालद बडूले पेट्रोलियम पदार्थमा मूल्य घट्ने संकेत गरेका छन् । पछिल्लो समय वृद्धि गरिएको मूल्य घटाउने संकेत गरेका हुन् ।

करका दरहरुमा समायोजन गरेर भएपनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने विषय संसदमा उठेको र सरकारको ध्यानाकर्षण भएको उल्लेख गर्दै मन्त्री बडूले सरकार सोही अनुसार अघि बढ्न सक्ने बताएका हुन् ।

बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले विद्युतको खपत बढाएर पनि यसको मूल्यलाई सहज बनाउन सकिने योजनामा सरकार रहेको बताए । मन्त्री बडूले भने, ‘पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने विषयमा सरकारको ध्यानाकर्षण भएको छ । यसको समायोजनका लागि संसदमा जुन कुराहरु आएको छ । ट्याक्स समायोजन गरेर भएपनि घटाउनेतर्फ संसदमा जुन कुराहरु रहेको छ । त्यसको सन्दर्भमा सरकारको ध्यानाकर्षण भएको छ । अर्को विकल्प भनेको विद्युतको खपत बढाउने हो । त्यो कामलाई सरकारले प्राथमिकता दिएको छ ।’

मन्त्री बडूले विद्युत खपत बढाएर पेट्रोलियम पदार्थको निर्भरता घटाउने कामलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको दावीसमेत गरे । उनको दावि अनुसार पछिल्लो समय बढेको मूल्य घट्ने । निगमले पछिल्लो समय पेट्रोलमा २१ रुपैयाँ, डिजेल र मट्टीतेलमा २७ रुपैयाँ बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस