Latest News

घट्यो सार्वजनिक गाडी भाडा, कहाँको कति ? (भाडा दरसहित)

Nepalese Times June 3, 2022 (1 Year ago)    688 Views

काठमाडौं । काठमाडौं सरकारले सार्वजनिक सवारीको भाडा घटाएको छ। यातायात व्यवस्था विभागले शुक्रबारदेखि लागू हुने गरि सार्वजनिक सवारीको भाडा घटाएको हो।

विभागका आनुसार यात्रुबाहक सवारीमा २ प्रतिशत भाडा घटाइएको छ। त्यस्तै मालबाहक सवारीमा पहाडी बाटोतर्फ २.६ प्रतिशत र तराईतर्फ २.९ प्रतिशत भाडा घटाइएको हो।

इन्धनको मूल्यअनुसार स्वचालित भाडादर लागू हुने व्यवस्था भएसँगै विभागले भाडा घटाएको हो। आयल निगमले शुक्रबारदेखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो।

विभागले डिजलको मूल्य पछिल्लो समायोजनमा आधार लिइएको मूल्य भन्दा ६.१ प्रतिशत घटी भएकाले भाडा दर समायोजन भएको जनाइएको छ।

सरकारले सार्वजनिक सवारीको भाडादर स्वचालित आधारमा व्यवस्था गर्दै आएको छ । इन्धनको मूल्य ५ प्रतिशतले बढेमा वा घटेमा विभागले सवारीको भाडादर समायोजना गर्दै आएको छ ।

यस्ताे छ घटेकाे सवारी भाडादर

प्रतिक्रिया दिनुहोस