Latest News

दुवै पक्षबीच यस्तो सहमति भएपछि मिल्यो विवाद, खिचे संगै बसेर फोटो

Nepalese Times May 31, 2022 (1 Year ago)    785 Views

काठमाडौं । नेपाली चलचित्र कबड्डी ४ की नायिका मिरुना मगरले मुगुका फुर्पा तामाङलाई आफूलाई ब्याड टच गरेको भनेर लगाएको आरोपको विवाद मिलेको छ ।

दुवै पक्षले केही बौद्ध लामा गुरुहरु र कबड्डी सिरिजका अभिनेता दयाहाङ राईसहितको उपस्थितिमा मिलापत्र गरेपछि यो विवाद मिलेको हो ।

सिभिल मलमा कबड्डी ४ प्रदर्शन भइरहेका बेला दर्शकहरुलाई साथ दिन पुगेकी मिरुनाले ब्याड टच भएको आरोप फुर्पामाथि लगाएसँगै उत्पन्न विवादलाई लिएर दुवै पक्षले गल्ती स्वीकारेका छन्।

यस्तो छ उनीहरुबीचको सहमति

उपरोक्त सम्बन्धमा प्रदर्शनरत नेपाली कथानक चलचित्र कबड्डी द फाइनल म्याचको दर्शकसंग साक्षात्कार गर्ने क्रममा मिति २०७९ साल जेठ १५ गते सिभिल मलको क्युएफएक्स हलमा पुगेकी अभिनेत्री मिरुना मगर माथी भएको अभद्र व्यवहार सम्बन्धि घटनामा मग स्थायी घर भएका फर्पा तामाङले गल्ति स्वीकार गरी अभिनेत्री मगर समक्ष माफी मागेको र अभिनेत्री मगरले पनि भाइ सम्झेर माफी गरेकी छिन् ।

साथै अभिनेत्री मगरले कुनै जाती, धर्म, सम्प्रदायप्रति असर पुग्ने आसयले कुनै कार्य नगरेको भएपनि उक्त परिस्थितिमा आकस्मिक प्रतिक्रिया जनाउने क्रममा घटित हुन गएको घटनाबाट सिंगो बौद्ध धर्मावलम्बी, भिक्षु, लामा समुदाय तथा सम्प्रदाय प्रति पर्न गएको असरप्रति क्षमा याचना गरेकी छिन् ।

हामी दुबै पक्षका अभिभावकहरु छलफलमा बसी आगामी दिनहरुमा यस विषयलाई लिएर विवाद नगर्ने, एक अर्कालाई अनावश्यक टिका टिप्पणी नगर्ने तथा समाजमा धार्मीक तथा साम्प्रदायीक द्धेश फैलन नदिन सबै सरोकारवाला निकाय, जातीय तथा धार्मिक संघ संगठनहरुसमक्ष अपिल गर्दै राजी खुशीसाथ यस पत्रमा हस्ताक्षर गरि लियौं दियौं।

=======

प्रतिक्रिया दिनुहोस