Latest News

एमालेमा विद्रोह, यी २१ नेता तथा कार्यकर्ताले गरे सामूहिक पार्टी परित्याग

Nepalese Times May 28, 2022 (1 Year ago)    607 Views

काठमाडौं । स्थानीय तहको निर्वाचनमा अन्तरघात भएको भन्दै नेकपा एमालेका २१ नेता तथा कार्यकर्ताहरुले सामूहिक रुपमा पार्टी परित्याग गरेका छन् ।

सर्लाहीको हरिवन नगरपालिका १ का वडाध्यक्षका उम्मेदवार रामबहादुर क्याप्छाकी र २ का वडाध्यक्षका उम्मेदवार अर्जुन महतो कुशवाहासहित २१ जना नेता कार्यकर्ताले पार्टी परित्याग गरेका हुन् ।

निवर्तमान अध्यक्षसमेत रहेका दुवै जना यसपटकको निर्वाचनमा पराजित भएपछि अन्तरघातको आरोप लगाएका छन् । एमाले परित्याग गरेका सबैले स्वतन्त्र भएर बस्ने विज्ञप्तिमा उल्लेख गरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आगामी संसदीय चुनावबाट जितेर प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका छन् ।

शनिबार संसद बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले एमाले अध्यक्ष ओली दुई पटक प्रधानमन्त्री बन्दा माओवादी केन्द्रकै सहयोगमा प्रधानमन्त्री भएको र अब एक्लै जितेर प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका हुन् ।

‘तपाईं दुई पटक प्रधानमन्त्री हुँदा माओवादी केन्द्रकै सहयोगमा हुनुभएको होइन ? एक्लै प्रधानमन्त्री भएको सम्झनुहुन्छ भने त्यो भ्रम त्यागिदिनुहोस् । तपाईंकै भाषामा भन्ने हो भने पहिलो पटक माओवादी केन्द्रकै बैशाखीमा प्रधानमन्त्री हुनुभएको हो । दोस्रो पटक हाम्रै मतमा प्रधानमन्त्री बन्नुभएको हो । एक्लै प्रधानमन्त्री बन्नुभएको हो भने अबको चुनावबाट जितेर प्रधानमन्त्री भएर देखाउनुस् ।’

सबैतिर पराजय बेहोरेपछि ओलीमा ‘रिअलाइजेसन’ भयो होला भन्ने आफूले ठानेको तर, उनको अभिव्यक्तिमा अझै पनि अहंकार पाएको प्रचण्डले बताए ।

‘सरकार ढल्यो, सातै प्रदेशको सरकार ढल्यो, राष्ट्रिय सभाको निर्वाचनमा उहाँहरुले जे बेहोर्नुभयो । बार एशोसिएशनको चुनाव भयो । यी सबैबाट रिअलाइजेसन भयो होला भन्ने लागेको थियो । स्थानीय तहको निर्वाचनपछि त आत्मसमीक्षा गर्नुभयो होला भन्ने लागेको थियो,’ प्रचण्डले भने, ‘वामपन्थी एकताको पक्षमा वातावरण बनाउने पक्षमा कुरा गर्नुहुन्छ कि भन्ने लागेको थियो । पुनःसमीक्षा गर्नेतिर जानुहुन्छ भन्ने लागेको थियो । तर, बिल्कुल आफ्नो अहंकार र दम्भबाट पछि हट्नुभएको छैन ।’

आफूलाई नेकपा एमालेका धेरै कार्यकर्ताप्रति भरोसा, विश्वास रहेको र ओलीमा यति धेरै दम्भ, अहंकार नहुने हो भने वामपन्थी सहकार्यको वातावरण बन्न सक्ने प्रचण्डले बताए ।

प्रचण्डले अहिलेपनि एमालेका धेरै नेता/कार्यकर्ताप्रति आफ्नो विश्वास रहेको बताएका छन्। प्रतिनिधिसभाको अजको बैठकमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केपी ओलीमा दम्भ र अहंकार नहुने हो भने अन्य कार्यकर्तासँग मिलेर काम गर्न सकिने बताए।

प्रतिक्रिया दिनुहोस