Latest News

काठमाडौंको मेयरमा बालेन साह निर्वाचित भएलगत्तै यी चर्चित र्‍यापरहरुले दिए यस्तो प्रतिक्रिया

Nepalese Times May 26, 2022 (1 Year ago)    578 Views

काठमाडौं । काठमाडौं महानगरपालिकाको मत गणना नसकिँदै मेयराम बालेन साह निर्वाचित भइसकेका छन् । मतगणना अन्तिम चरणमा पुगेकाले विजयको औपचारिक घोषणा मात्र हुन बाँकी छ ।

सन् २०१३ को चर्चित र्‍याप ब्याटल र–बार्जबाट चर्चामा आएका बालेन काठमाडौंको मेयरमा अत्याधिक मतले विजयी भएका हुन् । प्रमुख राजनीतिक दलका उम्मेदवारलाई झण्डै २० हजारभन्दा धेरै मतले पराजित गराउँदै उनले पाँच वर्ष काठमाडौंको महानगर हाँक्ने अवसर पाएका हुन् ।

उनले विजय हाँसिल गरेलगत्तै कलाकारहरुले प्रतिक्रिया दिन थालेका छन् । र्‍यापर गिरिश खतिवडाले चुनाव जितेका बालेनको असली परीक्षा बल्ल सुरु भएको बताउँछन् । बालेन सही समयमा मेयर भएको उनी बताउँछन् ।

र्‍यापजस्तो ग्ल्यामर क्षेत्रबाट बालेन युवापुस्ताले डर्टी गेम भनिने राजनीतिमा छिरेर फोहोर सफा गर्न लागेको भन्दै उनले यसले राजनीतिलाई घृणा गर्ने युवापुस्तालाई राजनीतिमा आउन प्रेरित गरेको बताए ।

गिरिशले बालेनलाई चुनौतीको रुपमा नलिएर असल लिडरको रुपमा लिन राजनीतिक दलहरुलाई आग्रहसमेत गरेका छन् । यसले युवाको मनोबल ह्वात्तै बढाएको र अब काम गरेर देखायो भने आशा पनि बढ्ने गिरिशले बताएका छन् ।

झण्डै १५ वर्षदेखि बालेनसँग सांगीतिक सहकार्य गर्दै आएका अर्का र्‍यापर आशिष राना लाउरेले पनि प्रतिक्रिया दिएका छन् । उनले बालेनको जितले आफूहरुलाई उत्साह दिलाएको बताउँछन् ।

बालेनको जितले एउटा आर्टिस्टले समाजलाई पनि लिड गर्न सक्छ भन्ने सन्देश दिएको भन्दै लाउरेले बालेन आफ्नो भिजनमा स्पष्ट रहेको र उसले काम गर्न सक्छ भन्नेमा आफू विशवस्त रहेको बताए ।

युवापुस्ता मात्र नभएर अन्य उमेरका नागरिकलाई पनि बालेनले प्रेरणा दिने भन्दै उनले आफू अहिले पोखरामा रहेको र काठमाडौं फर्किएपछि आफ्ना साथी बालेनलाई भेटेर बधाई दिने बताए ।

प्रतिक्रिया दिनुहोस