Latest News

आफ्नै क्षेत्रमा एमालेले चुनाव हारेपछि करिश्मा मानन्धरले दिइन् यस्तो प्रतिक्रिया

Nepalese Times May 26, 2022 (1 Year ago)    511 Views

काठमाडौ. । नेकपा एमाले प्रवेश गरेपछि अभिनेत्री करिश्मा मानन्धर स्थानीय तहको निर्वाचनभर चर्चाको केन्द्रमा रहिन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति आकर्षित भएर एमाले प्रवेश गरेको भनेकी उनी अहिले पनि चर्चामा नै छिन् ।

अझ भनौँ आफ्नो न्वारानको नाम ‘सूर्यकुमारी’ हो भनेर सार्वजनिक गरेपछि उनी निक्कै चर्चा भयो । उनै चर्चाको केन्द्रमा रहेकी मानन्धर बसोबास गर्ने गोदावरी क्षेत्रमा नेकपा एमाले पराजित भयो ।

आफै्रं बसेको क्षेत्रमा एमाले पराजित भएर कांग्रेस विजयी भएसँगै उनी फेरि सामाजिक संजालमा ट्रोलको सिकारमा परेकी छिन् । करिश्मा एमालेमा आबद्ध भएपछि पार्टी पत्तासाफ भएको भन्दै समाचार र ट्रोल आएपछि उनी आक्रोशित पनि भएकी छन् ।

गोदावरी नगरपालिकामा एमालेले चुनाव हारेको दोष आफूलाई लगाइएपछि सामाजिक सञ्जालमा करिश्माले आक्रोशसँगै निराशा पनि व्यक्त गरेकी छन् ।

उनले सामाजिक संजालमा लेखेकी छिन्–
‘जीवनमा कसैको नराम्रो चिताएको छैन
कसैको नराम्रो गरेको छैन
सके बरु आफूसँग भएको बाँडेको छु
सबैको आवाज बन्न सकूँ, उहाँहरुको लागि केही गर्न सकूँ भनेर
मानसिकतालाई पीडा दिने शब्द प्रयोग गर्ने अधिकार कसैलाई छैन
नत्र भने कानुनी उपाय खोज्नुपर्ने हुन्छ
आधारबिहीन आरोप लगाउनेहरु अँध्यारोमा हिंडिरहेका मानिसजस्तै हुन् ।’

कतिपयले करिष्माको यो अभिव्यक्तिमा राजनीतिमा लागेपछि आलोचना सहने क्षमता जरुरी भएको बताएका छन् भने कतिपयले चिन्ता नलिन सुझाएका छन् । करिश्माको उक्त अभिव्यक्तिमा मिश्रित प्रतिक्रिया आइरहेका छन् ।

यस्तै गोकर्णेश्वर नगरपालिकाको कार्यपालिकाको निर्वाचन जेठ १३ गते शुक्रबार हुने भएको छ । नगर कार्यपालिकाको निर्वाचनका लागि दुई दलले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत रञ्जु गौतमको भनाइ छ ।

निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ । कार्यपालिकामा महिला सदस्य पाँच र दलित तथा अल्पसङ्ख्यक तीन पदका लागि निर्वाचन गर्न लागिएको हो । कार्यपालिका निर्वाचनका लागि ४७ जना मतदाता छन् । कार्यपालिका निर्वाचनका लागि निर्वाचित नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडासदस्य मतदाता रहने व्यवस्था छ ।

महिला सदस्य निर्वाचित नगरसभा सदस्यबाट उम्मेदवारी दिने व्यवस्था छ । दलित तथा अल्पसङ्ख्यकको उम्मेदवारी भने नगरसभा सदस्य बाहिरका नगर क्षेत्रका मतदाताबाट दिनुपर्छ । नगर कार्यपालिकामा नगर प्रमुख र उपप्रमुख, नौवटै वडाका अध्यक्ष रहने व्यवस्था छ ।

गोकर्णेश्वर नगर प्रमुख कांग्रेस र उपप्रमुख एमालेले जितेको छ । पाँच वडाध्यक्ष एमाले, तीन वडाध्यक्ष कांग्रेस र एक वडाध्यक्ष स्वतन्त्रका उम्मेदवार निर्वाचित भएका छन् । गोकर्णेश्वरका निर्वाचित जनप्रतिनिधिले शपथ लिएर कार्यभार सम्हालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस