Latest News

एमालले निर्वाचनमा गठबन्धनले धाँधली गरेको आरोप लगाएपछि गगन थापाले दिए यस्तो प्रतिक्रिया

Nepalese Times May 15, 2022 (1 Year ago)    691 Views

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेले मतदाताको अभिमतको अवमूल्यन नगरेको आरोप लगाएका छन्। नेकपा एमालले आजै विज्ञप्ती जारी गर्दै स्थानीय तह निर्वाचनमा सत्ता गठबबन्धनले धाँधली गरेको आरोप लगाएको थियो।

एमालेको आरोपबारे माइक्रो ब्लगिङ साइट ट्विटरमा महामन्त्री थापाले टिप्पणी गरेका हुन्। थापाले लेखेका छन् – ‘मतदानसम्म ठिक,मतगणनाको प्रारम्भमा पनि ठिक तर, प्रारम्भिक विवरण आउन थालेपछि अन्तिम परिणाम कुर्ने समेत धैर्यता नराखी नेकपा (एमाले)ले सिङ्गो निर्वाचन प्रक्रियामाथि अनेकन प्रश्न उठाउनु ३० गते मतदान गर्ने प्रत्येक मतदाताको अभिमतको अवमूल्यन हो।’

नेकपा एमालेले स्थानीय तह निर्वाचनका क्रममा सत्ता गठबन्धनले तीन चरणमा धाँधली गरेको आरोप लगाएको छ । एमालेले एक विज्ञप्तिमार्फत निर्वाचन हुनु पहिला, मतदानका समयमा र अहिले आएर मतदानको समयमा पनि धाँधली गरेको आरोप लगाएको हो ।

सत्ता गठबन्धनबाट एमालेविरुद्ध मोर्चाबन्दी गरिएको भन्दै एमालेले त्यसका बाबजूद पार्टी निर्वाचनमा उभिएको जनाएको छ । मोर्चाबन्दीले नपुुगेर धाँधलीमा उत्रेको भन्दै एमालेले ‘योजनाबद्ध धाँधली’लाई सत्ता गठबन्धनले निरन्तरता दिइरहेको दाबीसहित यस्तो कार्य तत्काल रोक्न सरकारसँग माग गरेको छ ।

जनताले स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित तबरबाट आफ्नो जनप्रतिनिधि छनोट गर्ने र ती जनप्रतिनिधिमार्फत् राज्य सञ्चालनमा सहभागी हुन पाउनु नै लोकतन्त्रको आधारभूत पक्ष हो । यसैले संविधान निर्माणको क्रममा नेकपा (एमाले) राज्यको माथिल्लो तह संघीय सरकारदेखि स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने पक्षमा उभिएको सबैमा विदितै छ ।

विज्ञप्तिमा स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने निर्वाचनलाई भय र त्रासबिना मतदान र मतगणना हुनुपर्नेमा सत्ताधारी गठबन्धनले त्यसलाई पुरै बेवास्ता गरी जसरी पनि जित्न धाँधलीका सहारा लिएको एमालेले आरोप लगाएको छ ।

एमालेले यसरी सत्ता गठबन्धनले लोकतन्त्रको र लोकतान्त्रिक अभ्यासको खिल्ली उडाएको भन्दै एमालेले निर्वाचन आयोगलाई आचारसंहितामा भएको त्रुटि सच्याउन अनुरोध गर्दा अनेक टिप्पणी गर्ने सत्ता गठबन्धन दलका नेताहरूको निरन्तर आचारसंहिता विपरीत कार्यप्रति खेद व्यक्त गरेको छ ।

निर्वाचनको क्रममा गृह प्रशासन पूर्णतः गठबन्धनको पक्षमा र नेकपा (एमाले)को विपक्षमा परिचालित भएको पनि एमालेको भनाइ छ । ‘मतदान र मतगणनाको क्रममा सत्ता गठबन्धनले योजनाबद्ध धाँधली गरेको निम्न कार्यप्रति नेकपा (एमाले) खेद व्यक्त गर्दछ’, महासचिव पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस