Latest News

काठमाडौंको मेयर जित्ने मैले हो, अहिले नै फुर्कनु पर्दैन बालेन तेस्रो हुन्छन् – केशव स्थापित

Nepalese Times May 15, 2022 (1 Year ago)    488 Views

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना जारी छ। मतगणना सुरू भएदेखि नै स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिइरहेका छन्।

जारी मतगणनामा दोस्रो स्थानमा नेकपा एमालेका केशव स्थापित र तेश्रो स्थानमा नेपाली कांग्रेसका सिर्जना सिंह छिन्। अहिले काठमाडौंको वडा नं १, २, ३, ४, ३१ र ३२ को मतगणना भइरहेको छ।

गणनामा पछि परे पनि नेकपा एमाले उम्मेदवार केशव स्थापितले आफैंले जित्ने दाबी गरेका छन्। हामीसंगको कुराकानीमा उनले अहिले गणना भएका वडाका आधारमा राय बनाउन नहुने बताए।

‘मतगणना भित्री सहर प्रवेश नभएसम्म राय बनाउन जरुरी छैन,’ स्थापितले भने, ‘जित्ने मैले नै यत्ति लेखेर राख्नुस्। यसमा सन्देह नगर्नुहोस्। बालेन तेश्रो हो।’ उनले कांग्रेस उम्मेदवार सिर्जना सिंहको पनि मत बढ्ने उल्लेख गरे। उनले आफ्नो मत बढ्ने दाबी गर्दै केही घन्टा कुर्न आग्रह गरे।

‘केही घन्टापछि हेरौं,’ स्थापितले भने, ‘म अहिले ध्यानमा छु।’ त्यस्तै नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तह निर्वाचनमा गठबन्धन सरकारले सत्ताको चरम दुरुपयोग गरेको आरोप लगाएका छन् ।

गठबन्धन दलहरूबाट एमालेविरुद्ध घेराबन्दी र अनेक षड्यन्त्र पनि भएको ज्ञवालीले बताए । तर, पनि प्रारम्भिक अग्रता र सार्वजनिक भइसकेको स्थानीय तहको मत परिणामलाई आधार मान्दा एमाले सन्तोष मान्ने ठाउँ रहेको बताए ।

‘जुन ढंगको घेराबन्दी, मोर्चा र सत्ताको दुरुपयोगको बीचमा हामीले निर्वाचन लड्यौँ । त्यस हिसाबले हेर्दा प्रारम्भिक परिणाम र घोषणा भएकासँगै अग्रता हेर्दा समग्रमा एक खालको सन्तोषजनक नै परिणाम हो र यो उल्लेख हो’, ज्ञवालीले भने ।

उनले स्थानीय तह निर्वाचनबाट जनमत एमालेको पक्षमा रहेको प्रारम्भिक संकेत मिलेको दाबी गरेका छन् ।उनले भने, ‘अलिकति गहिरो विश्लेषण गर्न पर्सिसम्म पर्खिनुपर्छ । त्यसले रुझानलाई देखाउँछ । अहिले प्रारम्भिक रुझान भएकोले टिप्पणी गरिहाल्ने स्थिति छैन तर जनमत एमालेको पक्षमा रहेको संकेत ग‍र्‍यो ।’

७५३ स्थानीय तहमध्ये २६ वटा स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । ८० वटा स्थानीय तहको भने मत गणना सुरु हुनै बाँकी छ । उपमहासचिव ज्ञवालीले अघिल्लो पटकभन्दा थोरै कम स्थानीय तहमा निर्वाचन जितिने संकेत पनि मिलेको बताए ।

एमाले २०७४ सालको स्थानीय तह निर्वाचनमा पहिलो पार्टी बनेको थियो । झण्डै तीन सय स्थानीय तह एमालेले जिते

प्रतिक्रिया दिनुहोस