Latest News

कृषि अनुदान दुरुपयोग प्रकरण: ज्वालामूखी गाउँपालिकामाथि छानविन गर्ने अख्तियारको निर्णय

Nepalese Times May 22, 2025 (1 Week ago)    1701 Views

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङको ज्वालामूखी गाउँपालिकामा भएको भनिएको कृषि अनुदान रकम दुरुपयोग प्रकरणमाथि विस्तृत छानविन गर्ने निर्णय गरेको छ ।

कृषि अनुदान रकम दुरुपयोग भएको भन्दै परेको उजुरीमाथि आवश्यक अनुसन्धान गर्नैपर्ने देखिएकोले विस्तृत छानविन गर्ने निर्णय भएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले नेप्लिज टाइम्सलाई बताए ।

उनका अनुसार यो विषयमाथि विस्तृत छानविन गर्ने निर्णय भएर पनि आवश्यक कारबाहीका लागि  प्रक्रियामा गइसकेको छ । सम्भवत केही दिनभित्रै अख्तियारको टोली गाउँपालिका जाने तयारी छ ।

सत्ता र शक्तिको पहुँचमा रहेर कृषि अनुदान रकम दुरुपयोग भएकोले आवश्यक अनुसन्धानसहित कारबाही गर्न माग गर्दै अख्तियारमा केही समयअघि उजुरी परेको थियो ।

उजूरीमा नेपाली कांग्रेस ज्वालामूखी गाउँपालिका पार्टी सभापति रेशमलाल काप्रीको त्रिपुरा सुन्दरी पशुपक्षी तथा फलफूल फर्म, नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनका केन्द्रीय वरीष्ठ उपाध्यक्ष नवराज छत्कुलीले संचालन गरेको भनिएको उनको भाई सन्तोष छत्कुलीको नाममा रहेको साकार पोल्र्टी फर्म, मिश्री पशुपक्षी तथा फलफूल फर्म र जौवारी फार्म हाउस प्रालिमाथि आवश्यक अनुसन्धान गरेर दोषी देखिए कारबाही गर्न माग गरिएका छ ।

यी ४ वटा फर्महरुमध्ये जौवारी फार्म हाउस प्रालिबाहेक बाँकी ३ वटा फार्मले बुझेको अनुदान रकमलाई महालेखाको प्रतिवेदनमासमेत अनियमित रकमको रुपमा देख्न सकिन्छ । अनुदान रकम बुझेको जौवारी फार्म हाउस प्रालिले कृषि कर्म नै नगरेको भेटिएको छ । यो फार्म हाउसका संचालक अनुदान रकम बुझेर विदेश गएको भेटिएको ।

ज्वालामूखी गाउँपालिकामा कृषि अनुदान रकमको दुरुपयोग भएको भनेर नेपाली कांग्रेसबाहेक गाउँपालिकाका सबै पार्टी कमिटीले विज्ञप्ति नै निकालेर विरोध जनाएको छ ।

अनुदान वितरणका क्रममा अनुगमनको जिम्मेवारीमा रहने गाउँपालिकाका उपाध्यक्ष धर्म अर्यालको राजनीतिक दल नेकपा एकीकृत समाजवादीलेसमेत कृषि अनुदानमा भएको भनिएको अनियमिततामाथि आवश्यक छानविन हुनुपर्ने भनेको छ । गाउँपालिका उपाध्यक्ष अर्याललेसमेत गलत कामको भारी बोक्न नसकिने भनेका छन् ।

स्थानीय सरकरार सञ्चालजन ऐन २०७४ मा वितरणमुखी खर्च नियन्त्रण गर्दै संघ तथा प्रदेश सरकारबाट प्राप्त रकम स्थानीय पूर्वाधार विकास तथा दीर्घकालिन पुँजी निर्माण हुने कार्यमा खर्च गर्नुपर्ने व्यवस्था छ ।

उल्लेखित व्यवस्था अनुसार नाफा कमाउने उदेश्यले स्थापित संस्थालाई अनुदान रकम उपलब्ध गराउन नमिल्ने भएतापनि गउँपालिकाले शक्तिको दूरूपयोग गरेर नै आर्थिक वर्ष २०७९(८० मा कृषि अनुदान रकम वितरण गरेको देखिन्छ ।

यसमाथि आवश्यक अनुसन्धान गरेर ज्वालामूखी गाउँपालिकामा कृषि अनुदान दुरुपयोग गर्नेमाथि भ्रष्टाचार निवारण एन २०५८ अनुसार कारबाही गर्न माग गरिएको छ ।

सम्बन्धित समाचार

ज्वालामूखी गाउँपालिकामा कृषि अनुदान दूरुपयोग भएको भन्दै अख्तियारमा उजूरी दर्ता

ज्वालामूखीका उपाध्यक्षको स्पष्टीकरण – बेथितिको मतियार बनाउन खोजियो, भारी बोक्न सकिँदैन

ज्वालामूखीमा सत्तामै रहेको नेकपा एस पनि कांग्रेससँग रुष्ट, कृषि अनुदान दुरुपयोग भएको ठहर !

समाजवादी प्रेसका केन्द्रीय नेताले पनि बुझे ज्वालामूखीको कृषि अनुदान, महालेखाले उठायो प्रश्न

ज्वालामूखीमा बेथितिः कांग्रेसको पालिका सभापतिलाई १६ लाख कृषि अनुदान ! (प्रमाणसहित)

ज्वालामूखीले लुकाएको अर्को प्रमाण: कम्प्युटरको ‘सामान्य भाइरस’ हटाउँदा पनि लाखौँ अनियमित ?

ज्वालामूखी गाउँपालिकामा १८ लाख रुपैयाँ अनियमितता, कसको खल्तीमा कति ? (विवरणसहित)

ज्वालामुखीमा सरकारी मोटरसाईकलको दुरुपयोग, घाईते नाबालक अस्पतालमा, चालकलाई उन्मुक्ति

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

ज्वालामूखीमा अध्यक्षसहितको गतिविधि अवान्छित देखियो, तत्काल छानविन गरियोस – माओवादी

ज्वालामूखीमा भएको भनिएको भ्रष्टाचारको भण्डाफोर गरौँ – राष्ट्रिय स्वतन्त्र पार्टी

ज्वालामूखी गाउँपालिका भ्रष्टाचारी उत्पादन गर्ने कारखाना बन्यो, कडा प्रतिवाद गरौँ– एमाले

प्रतिक्रिया दिनुहोस