Latest News

ज्वालामूखीका उपाध्यक्षको स्पष्टीकरण – बेथितिको मतियार बनाउन खोजियो, भारी बोक्न सकिँदैन

Nepalese Times May 4, 2025 (2 Week ago)    957 Views

काठमाडौं । ज्वालामूखी गाउँपालिकाका उपाध्यक्ष धर्म अर्यालले आफूलाईसमेत गलत कामको मतियार बनाउन खोजेको बताएका छन् । कृषि अनुदानलगायत विषयमा प्रकाशित समाचारबारे आफ्नो धारणा सार्वजनिक गर्दै उनले कानुनको अधिनमा रहेर कार्यसम्पादन गर्न खोज्दा गलत कामको मतियार बनाउन खोजिएको बताएका हुन् ।

उनले यो विवादमा आफ्नो नाम पनि जोडिएर आएकोमा यो कुनै रहर नभई विवसता भएकोसमेत भनेका छन् । ज्वालामूखी गाउँपालिकाभित्र केही पात्रहरुले गलत काम गर्ने प्रयास गरिरहेको भन्दै उनले सबै गलत कामहरुको भारी बोक्न आफू तयार नरहेकोसमेत बताएका छन् । कृषि अनुदानको विषयलाई लिएर प्रकाशित समाचारलाई लिएर आफूमाथिसमेत आलोचकहरुले आलोचना गर्ने भर्याङ बनाउन खोजेको उनको आरोप छ ।

जनप्रतिनिधि आम जनताको आवश्यकता र समस्या लियर आउने भएको भन्दै उनले यसलाई सबैले मिलेर विधि सम्मत कानुन सम्मत बनायर कार्यान्वयन गर्नु नै मुल कर्तब्य रहहने उनको भनाइ छ । आर्थिक वर्ष २०७०–८० को बागमति प्रदेशको कृषिको अनुदान रकम बाडफाडको विषयमा अनुगमन संयोजकको रुपमा समर्थन भयो भन्ने विषयमासमेत उनले स्पष्टिकरण दिएका छन् ।

संघ र प्रदेशको कार्यक्रम जिल्लाको विषयगत कार्यालयले नै इष्टिमेट, अनुगमन, मुल्याङ्कन गर्ने भन्दै उनले केही पालिकाकै अख्तियारीमा आएका परियोजनाहरु आफूहरुले नै हेर्ने गरेको बताए । तर, जबरजस्त सबै गलत कामहरुको भारी बोकेर हिँड्न नसकिने उनको भनाई छ ।

उनले लेखेका छन्, – ‘बाख्राले विराएर भेडाको कान काट्नु कति न्यायपूर्ण हुन्छ ? घाउ जहाँ लागेको छ त्यही मलम लगाउ । मेरो बुद्धि विवेकले भ्याएसम्म निष्टापूर्वक जनताकै सेवा गर्छु र गर्दै आएको छु । धेरै कुरा सचिन पर्ने सुधार्नु पर्ने हुन सक्छ । प्राय धेरै स्थानिय संस्थाहरुले सुझाव लेख्नु भयको छ । आग्रह पूर्वाग्रहबाट आएका बाहेक ग्रहण गरिन्छ । नचाहँदा नचाहँदै यसमा तानिनु र जोडिनु पर्यो । यो रहर हैन विवसता हो ।’

 

सम्बन्धित समाचार

ज्वालामूखीमा सत्तामै रहेको नेकपा एस पनि कांग्रेससँग रुष्ट, कृषि अनुदान दुरुपयोग भएको ठहर !

समाजवादी प्रेसका केन्द्रीय नेताले पनि बुझे ज्वालामूखीको कृषि अनुदान, महालेखाले उठायो प्रश्न

ज्वालामूखीमा बेथितिः कांग्रेसको पालिका सभापतिलाई १६ लाख कृषि अनुदान ! (प्रमाणसहित)

ज्वालामूखीले लुकाएको अर्को प्रमाण: कम्प्युटरको ‘सामान्य भाइरस’ हटाउँदा पनि लाखौँ अनियमित ?

ज्वालामूखी गाउँपालिकामा १८ लाख रुपैयाँ अनियमितता, कसको खल्तीमा कति ? (विवरणसहित)

ज्वालामुखीमा सरकारी मोटरसाईकलको दुरुपयोग, घाईते नाबालक अस्पतालमा, चालकलाई उन्मुक्ति

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

ज्वालामूखीमा अध्यक्षसहितको गतिविधि अवान्छित देखियो, तत्काल छानविन गरियोस – माओवादी

ज्वालामूखीमा भएको भनिएको भ्रष्टाचारको भण्डाफोर गरौँ – राष्ट्रिय स्वतन्त्र पार्टी

ज्वालामूखी गाउँपालिका भ्रष्टाचारी उत्पादन गर्ने कारखाना बन्यो, कडा प्रतिवाद गरौँ– एमाले

प्रतिक्रिया दिनुहोस