Latest News

चन्द्र ढकालको मान्छे शुसीला सरकारको मन्त्री !

Nepalese Times December 12, 2025 (1 Month ago)    281 Views

काठमाडौं । प्रधानमन्त्री शुसीला कार्कीले व्यवसायी चन्द्र ढकालको खास मान्छेलाई मन्त्री बनाउने तयारी गरेको खुलेको छ । प्रधानमन्त्री कार्कीले मन्त्री बनाउन लागेका राजेन्द्र सिंह भण्डारी आईजीआई प्रोडेन्सियल ईन्सुरेन्स लिमिटेडका बोर्ड अफ डाईरेक्टर हुन् । प्रधानमन्त्री कार्कीले  कुमार इङनाम, माधव चौलागाईँ, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठलाई मन्त्रीमा नियुक्त गर्न लागेकी छ्न् ।

यो ईन्स्योरेस्न कम्पनीको अध्यक्ष हेमराज ढकाल रहेका छन् । हेमराज ढकाल व्यवसायी चन्द्र ढकालका आफ्नै भाई हुन् । ढकालले समेत गैरआवासीय नेपाली भएपनि नेपालमा इन्स्योरेन्स कम्पनीको नेतृत्व गरिरहेको बताईन्छ ।

प्रतिक्रिया दिनुहोस