Latest News

ईम्बोस्ट नम्बरको नाममा ६ अर्बको खेल, को-को छन् संलग्न ? (भिडिओ प्रमाणसहित)

Nepalese Times August 26, 2025 (7 Hour ago)    159 Views

विश्व बैंकको कालोसूचीमा परेको कम्पनी डेकाटेर टाइग आईटीले आजभन्दा १० वर्षअघि २०७२ सालमा नै नेपालमा ईम्बोस्ट नम्बरको डेक्का पाएको थियो । यो कम्पनी छनोटकै क्रममा पनि सेटिङ गरिएको भेटिएको थियो । यो कम्पनीले ठेक्का हात पार्नका लागि काठमाडौंको बानेश्वरमा दर्ता रहेको एउटा फर्जी कम्पनीमार्फत १७ करोड रुपैयाँ कमिसन रकम बुझाएको थियो ।

ओली पहिलो पटक प्रधानमन्त्री भएको २ महिनापछि २०७२ साल मंसिरमा यो कम्पनीलाई सेटिङमा ठेक्का दिनका लागि बोलपत्र आह्वान गरिएको थियो । यो कम्पनीसँग सम्झौता गर्दा नै एउटा गम्भीर राष्ट्रघात गरिएको भेटिएको छ । पूरा भिडिओमा हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस