Latest News

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्ध के आउला फैसला ?

Nepalese Times July 2, 2025 (2 Day ago)    71 Views

काठमाडौं । संवैधानिक पदाधिकारी नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले फैसला सुनाउने तयारी गरेको छ। २०७७ माघ र २०७८ असारमा भएका संवैधानिक नियुक्तिविरुद्ध परेका रिटमा सुनुवाइ जेठमा सकिए पनि फैसला हुन सकेको थिएन।

अध्यादेशमार्फत संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन र त्यसपछिका घटनाक्रमहरूले मुद्दालाई जटिल बनाएको थियो।

काठमाडौँ । सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको फैसला आज सुनाउँदै छ । २०७७ माघ र २०७८ असार गरी दुई चरणमा गरिएका संवैधानिक नियुक्तिविरुद्ध दायर १५ वटा रिटमाथिको सुनुवाइ गत जेठ १ गते नै सकिएको थियो ।

सुनुवाइ सकिएपछि गत जेठ २८ गते निर्णय सुनाउने मिति तय भएको थियो । त्यस दिन अन्य मुद्दाहरू हेर्न नभ्याइनेमा राखेर न्यायाधीशहरुले छलफलमा समेत जुटेका थिए । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीबिच ६ घण्टा लामो छलफल भए पनि निर्णय सुनाइएको थिएन । घण्टौँ छलफल गरेर निर्णय सुनाउने मिति असार १८ गतेका लागि सारिएको थियो ।

प्रतिक्रिया दिनुहोस