काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदै छ । निर्वाचनका लागि नेपाल विद्यार्थी संघको तर्फबाट अश्विन दुवाडीले सचिव पदका लागि उम्मेदवारी दिएका छन् ।
दिपकराज जोशीलाई सभापतिको उमेदवार बनाएको नेविसंघले सचिवमा अश्विन दुवाडी र कोषाध्यक्षमा सगुन कडेंललाई उमेदवार बनाएको छ । भुगर्भ शास्त्र केन्द्रीय विभागमा चौथो सेमेष्टर तथा एमबिएस प्रथम सेमेष्टरका विद्यार्थी अश्विन दुवाडी भुगर्भ शास्त्र तर्फ ईन्जिनियरिङ जियोलोजीका टपर विद्यार्थी हुन ।
ईन्जिनियरिङ जियोलोजीका टप गर्दै उनी गत मंसिरमा Shimane university Japan मा आयोजित Sakura science exchange program मा नेपालको त्रिभुवन विश्वविद्यालयलाई प्रतिनिधित्व गर्दै जापान गएका थिए।
सानैदेखि अध्ययन, राजनीति, साहित्य, विज्ञान र समाजिक काममा अग्रसर उनि विद्यालय तह देखि नै नेपाल विद्यार्थी संघमा आस्थावान थिए । राजनीति गर्नेको पढाइ कमजोर हुन्छ भन्ने सामाजिक बुझाइका बिच पनि उनि विद्यालय तह देखि नै पढाई, राजनीति र साहित्यमा उत्तिकै अब्बल विद्यार्थी हुन । उनि गृह जिल्ला धादिङ र विश्वविद्यालयको विद्यार्थी राजनीतिमा पनि बौद्धिक छविका विद्यार्थी नेताको रुपमा चिनिन्छन्।
साहित्यतर्फ कविता, गजल र मुक्तक विधामा कलम चलाउने उनले धेरै साहित्यिक पुरस्कारहरु जितेका छन् भने १४ वर्षकै उमेरमा साहित्यिक किताब “आरम्भ” पनि प्रकाशन गरेका छन्। उनि सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् ।
विद्यालय, क्याम्पस तह हुदै विश्वविद्यालयको विद्यार्थी राजनीतिमा हाल उनि सक्रिय छन् । त्रिचन्द्र क्याम्पस घण्टाघरबाट स्नातक गरेका उनि त्यहाँ रहदा विद्यार्थी राजनीति सँग सँगै मानवअधिकारको पक्षमा आवाज उठाउने संस्था एम्नेष्टी इन्टरनेशनल नेपालको त्रिचन्द्र युथ नेटवर्कमा आवद्ध भए र संयोजक बनेर नेतृत्व पनि प्रदान गरे।
त्यसपश्चात एम्नेष्टी इन्टरनेशनल नेपाल राष्ट्रिय बोर्ड अन्तर्गतको “युथ पावर एक्सन ” कमिटीको सदस्य बनेर पनि काम गरे ।सन् २०१८ मा लियो क्लव अफ काठमाडौं लालिगुँरासको सहसचिव बनेका थिए। हाल नेपाल जेसिसमा आवद्ध उनि वर्ष २०२४ मा बालकोट जेसिसको महासचिव बनेर कार्यसम्पादन गरेका थिए भने हाल वर्ष २०२५ का लागि कार्यकारिणी उपाध्यक्ष छन्। त्यस्तै सामाजिक कार्य गर्ने उदेश्यले खोलिएको संस्था” ढोला काठमाडौं सेवा समाज” पनि उनि सचिव छन्। साहित्य तर्फ उनि नेपाली लेखक संघ काठमाडौंका सदस्य समेत हुन ।
प्रष्ट वक्ताका छवि बनाएका उनि कुशल कार्यक्रम संचालकको रुपमा चिनिन्छन्। उनै अश्विन दुवाडी अब भने विद्यार्थीहरुको साझा संस्था स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मार्फत नेतृत्वमा आउने भएका छन्।