काठमाडौं । अन्ततः गायिका एलिना चौहानको दाम्पत्य जिवन ९ महिना पनि राम्रोसँग टिक्न सकेन । गायिक चौहानले अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छिन् । काठमाडौं जिल्ला अदालतमा गायिका एलिनाले वारेसमार्फत मुद्दा दायर गरेकी हुन् ।
बागलुङ निवासी विष्णु सापकोटासँग एलिनाले विवाह गरेको धेरै समय भएको छैन । अझै भन्नैपर्दा उनीहरुको विवाह भएको १ वर्ष पनि बितेको छैन । एलिनाले गएको वैशखमा मात्रै विष्णुसँग विवाहबन्धनमा बाँधिएकी थिइन् । विवाहको पहिलो वर्षगाँठ मनाउन नपाउँदै एलिनाले जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी हुन् ।