Latest News

रवि लामिछाने दम्पतीको खातामा २९ करोड कारोबार, कुन बैंकमा कति ?

Nepalese Times December 17, 2024 (5 Day ago)    171 Views

काठमाडौँ — रवि लामिछाने र श्रीमती निकिता पौडेलको बैंक खातामा ‘अस्वाभाविक कारोबार’ भएको प्रहरीको दाबी छ । दम्पतीका नाममा सञ्चालनमा रहेका १७ वटा बैंक खाताबाट सन् २०१६ यता २९ करोडको कारोबार भएको छ ।

रविका ३, निकिताका १३ र एक संयुक्त बैंक खाता जाँच गर्दा यो अवधिमा २८ करोड ९१ लाख जम्मा गरिएको र २९ करोड ७ लाख झिकिएको विवरण अनुसन्धान प्रतिवेदनमा छ । सबैभन्दा धेरै कारोबार लामिछानेका नाममा ग्लोबल आईएमई बैंकमा रहेको बैंक खाताबाट गरिएको प्रहरीले जनाएको छ । यति ठूलो कारोबार भए पनि पछिल्लो समय उनीहरूका सबै खातामा गरेर कुल ७ लाख ७४ हजार रुपैयाँ मात्र मौज्दात राखिएको प्रहरीको अनुसन्धानबाट देखिएको छ ।

प्रतिक्रिया दिनुहोस