काठमाडौं । कारागारबाट छुटेर संसद छिरेका दीपक मनाङे भनिने राजीव गुरुङ फेरि कारागारमै पुगेका छन् । ज्यान मार्ने उद्योग मुद्दामा सर्वोच्च अदालतबाट पनि दोषी ठहर भएका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले फैसला कार्यान्वयनका लागि बुधबार बिहान पक्राउ गरेको थियो । उनलाई मंगलबार नै डिल्लीबजार कारागार चलान गरिएको छ ।