Latest News

साफ महिला फुटबलको फाइनलमा टिकट बिक्रि किन रोकियो ?

Nepalese Times October 29, 2024 (1 Year ago)    2560 Views

काठमाडौं । अखिल नेपाल फुटबल संघ ९एन्फा० ले राजधानीमा भइरहेको साफ महिला च्याम्पियनशिप फुटबलअन्तर्गत फाइनल खेलको टिकट बिक्री तत्कालका लागि स्थगित गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा यही कात्तिक १४ गते हुने नेपाल र बंगलादेशबीच हुने फाइनल खेलको टिकट अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको एन्फाले जनाएको छ।

आइतवार भएको दोस्रो सेमिफाइनलअन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न आउने दर्शकको संख्या रंगशालाको क्षमताभन्दा बढी भएको र खेलाडी एवं दर्शकको सुरक्षाका लागि तत्कालका लागि टिकट बिक्री स्थगन गरेको एन्फाको भनाइ छ।

साफको टिकेटिङ अधिकारप्राप्त माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले दोस्रो सेमिफाइनल खेलमा दर्शक क्षमताभन्दा बढी टिकट बिक्री गरेकाले यस विषयमा सत्यतत्य बुझेर मात्र टिकट बिक्री खोलिने एन्फाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस