Latest News

चितवनमा रवि लामिछानेविरूद्ध नाराबाजी

Nepalese Times October 4, 2024 (1 Week ago)    240 Views

काठमाडौं । चितवनको मुग्लिनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी पीडितहरुले नाराबाजी गरेका छन् । पूर्व उपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध शिव शिखर र साहारा चितवन सहकारीका पीडितले नाराबाजी गरेका छन्।

शुक्रबार चितवन क्षेत्र नम्बर–२ को इच्छाकामना गाउँपालिकामा रास्वपाले सार्वजनिक सुनुवाई गरेको केहीबेर पछि सहकारी पीडितले नाराबाजी गरेका हुन्। जिल्ला प्रहरी कार्यालयका एसपी भावेश रिमालले मुग्लिनमा सहकारी पीडितले कालो झण्डा देखाएर विरोध प्रदर्शन गरेको जानकारी पाएको बताए।

लामिछाने शुक्रबार तेस्रो सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी हुन इच्छाकामनामा पुगेका थिए। स्थानीयले नभई बाहिरका मान्छेहरूले नाराबाजी गरेको रास्वपा चितवनका संयोजक कृष्णप्रसाद भुषालले बताए।

प्रतिक्रिया दिनुहोस