Latest News

देशभर घनघोर वर्षाले बितण्डा, प्रधानमन्त्री ओली फेसबुक स्टाटसमा रमाउँदै

Nepalese Times September 28, 2024 (2 Week ago)    354 Views

काठमाडौं । देशभर घनघोर वर्षा भइरहेको छ । वर्षाले ठाउँठाउँमा बाढि, पहिरो र डुबान निम्तिएको छ सडक र पुलमा क्षति पुगेको छ । ठूलै जनधनको क्षति भइरहेको छ । कतै मान्छे बगाएको छ त कतै गाडि, पशु चौपाय र अरु थुप्रै धनमालको नष्ट भइरहेको छ । अबको केही दिनसम्म नै घनघोर वर्षा जारी रहने भएकोले उच्च सतर्कता अपनाउन मौसमविदको आगह छ ।

यस्तो विपत्तको समयमा राहत तथा उद्धारमा खटिनुपर्ने सरकार भने अहिलेसम्म क्षतिको अपडेटमा मात्रै रमाइरहेको छ । घनाघोर वर्षाको पूर्वानुमान नै गरिएको थियो । देशभर नै ठूलो पानी पर्ने विषय पूर्व जानकारी नै थियो । तर, वर्षा भएको दोस्रो दिनसम्म पनि सरकारले कुनै तदारुकता देखाउन सकिरहेको छैन ।

यस्तो विपतको घडिमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित संयन्त्र परिचालन गर्न छाडेर विदेशमा बसेर फेसबुकमा स्टाटसमा रमाएर बसिरहेका छन् ।अमेरिकाको हार्वर्ड विश्वविद्यालयको कार्यक्रममा सहभागी हुन लागेका प्रधानमन्त्री ओलीले नेपालमा आईपरेको विपतका लागि आवश्यक संयन्त्र परिचामलित गर्नुपर्ने हो । तर, त्यसो हुन सकिरहेको छैन ।

भेल, बाढी र पहिरोको जोखिमयुक्त ठाउँमा रहेका सबैले सुरक्षा सतर्कता अपनाउन भनेर फेसबुकमा लेखेर बसिरहेका छन् । प्रधानमन्त्रीले सतर्कता अपनाउनु भनेर स्टाटस लेख्ने हो कि आवश्यक संयन्त्र परिचालन गर्ने हो ? आम नागरिकले प्रश्न गरिरहेका छन् ।

अविरल वर्षासँगै देशभर विपद्का घटना बढेपछि बल्लतल्ल गृहमन्त्री रमेश लेखकले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । प्रकोपमा परेका नागरिकको उद्धार तथा राहत सहायतालाई प्रभवकारी बनाउन बैठक बोलाइएको गृहमन्त्रीको सचिवालयले जनाएको हो । बैठक सिंहदरबारमा बस्दैछ ।

प्रतिक्रिया दिनुहोस