Latest News

जीबीसँग नाम जोडिएपछि अन्नपूर्णका मालिक रामेश्वर थापा बालुवाटारको शरणमा, जाेगाई पाउँ भन्दै हारगुहार

Nepalese Times September 27, 2024 (2 Week ago)    485 Views

काठमाडौं । जीबी राईसँग कुनै समय व्यवसायीक साझेदारी गरेका अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष एवम् क्याप्टेन रामेश्वर थापाले आफू बच्नका लागि अहिले हारगुहार सुरु गरिसकेका छन् ।

थापा सहकारी बचत र छोरा सचन थापा अमेरिकी पासपोर्टको विवादमा परेका छन् । संसदीय विशेष समितिले क्याप्टेन थापा संस्थापक अध्यक्ष रहेको एपीवान टेलिभिजनमा पनि सहकारीको बचत लगानी भएको उल्लेख छ ।

त्यस्तै, छोरा सचन थापा अमेरिकी पासपोर्टमा नेपाल बसेर उद्यम व्यवसायमा संलग्न भएको आरोप लागेको छ । यो प्रकरणबाट बच्नका लागि उनले बालुवाटारसँग शरण माग्न थालेका छन् । उनले विदेशमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाईसमेत आफूलाई जसरी हुन्छ बचाईदिन हारगुहार गरिरहेका छन् ।

सामाजिक सञ्जालबाट सार्वजनिक भएको अध्यागमनको अभिलेखअनुसार रामेश्वर थापाका छोरा सचन अमेरिकी नागरिक हुन् र उनले पछिल्लो पासपोर्ट २०२२ मा लिएको देखिन्छ । नेपाल आउँदा उनी ‘नन टुरिस्ट’ भिसामा आएका छन् । विदेशी नागरिकले नेपाल आएर उद्यम व्यवसाय मात्र होइन, रोजगारी गर्न पनि कानुनअनुसार अनुमति लिनुपर्छ । उनले त्यस्तो अनुमति लिएका छन् कि छैनन् भन्ने अनुसन्धानको विषय भएको छ । छोराको नागरिकता विवादमा अन्नपूर्णका अध्यक्ष क्याप्टेन थापामाथि सामाजिक सञ्जालमा प्रश्न उठेको छ ।

त्यस्तै सहकारी बचत अपचलन छानबिन विशेष समितिको प्रतिवेदनले एपीवान टेलिभिजनमा पनि सहकारीको रकम लगानी भएको खुलाएको छ । गोर्खा मिडिया खोल्नुअघि गितेन्द्रबाबु (जीबी) राईले एपीवानमा लगानी गरेको र उक्त रकम सहकारीको भएको प्रतिवेदनमा उल्लेख छ । राई सञ्चालक रहेको काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीबाट एपीवानमा कर्जा प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस