Latest News

उपाध्यक्षमा हारेकी रामकुमारी झाक्रीले पोलिटब्यूरो सदस्य जितिन्, कति आयो मत ?

Nepalese Times August 29, 2024 (1 Year ago)    580 Views

काठमाडौं । नेकप एकीकृत समाजवादीको उपाध्यक्षमा पराजित रामकुमारी झाक्री पोलिटब्यूरो सदस्य निर्वाचित भएकी छिन्। गएराति सम्पन्न मतगणनासँगै ८४ सदस्य पोलिटब्यूरो चयन हुँदा उनले १८२ मत हासिल गरिन्। ​महिला उपाध्यक्षमा जयन्ती राई १८९ मत पाएर विजयी हुँदा रामकुमारी झाँक्री ११२ मत ल्याएर पराजित भएकी थिइन्। पोलिटब्यूरोमा समग्रमा विरोध खतिवडाले सबैभन्दा धेरै मत पाएका छन्। उनले २०१ मत पाएका छन्।

प्रतिक्रिया दिनुहोस