Latest News

टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबाजी गर्ने यी दुई युवा समातिए

Nepalese Times August 27, 2024 (1 Year ago)    697 Views

काठमाडौं । काठमाडौँको टुँडिखेलमा सोमबार भदौ १० दिउँसो गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा नाराबाजी गर्ने दुई युवक पक्राउ परेका छन्। मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेत उपस्थित कार्यक्रममा युवाहरूले चर्को नाराबाजी गरेका थिए।

चाडपर्वको कार्यक्रममा पुगेर नाराबाजी गर्दै बिथोल्न खोजेको आरोपमा प्रहरीले मंगलबार दुई जनालाई पक्राउ गरेको काठमाडौँ प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले नेपालखबरलाई जानकारी दिए। युवाहरूले नेताहरूप्रति आक्रोशित हुँदै ‘मुर्दावाद’को नारा लगाएका थिए। युवाहरूको उक्त शैलीप्रति ओली र देउवा दुवैले सम्बोधनको क्रममा आपत्ति जनाएका थिए। देउवाले ती युवाहरूलाई ‘बदमास’ भन्दै आक्रोश पोखेका थिए।

प्रतिक्रिया दिनुहोस