Latest News

एउटा दुर्घटनाको उद्दार नसकिँदै अर्को बस पनि पल्टियो

Nepalese Times August 23, 2024 (4 Month ago)    778 Views

काठमाडौं ।  तनहुँको मर्स्याङ्दी नदीमा भएको बस दुर्घटनाको उद्धार नसकिँदै चितवनमा शुक्रबार दिउँसो अर्को बस दुर्घटना भएको छ। रौतहटको गौरबाट पोखराका लागि जाँदै गरेको ग २ ख ४७ नम्बरको बस अनियन्त्रित भएर सडकमै पल्टिएको हो। चितवनको भरतपुर महानगरपालिका २९ सत्र किलो भन्ने स्थानमा माथिबाट ढुंगा खसेर चालक अत्तालिएको र बस अनियन्त्रित भइ पल्टिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले थाहाखबरलाई जानकारी दिए। उनका अनुसार हालसम्म १९ जना घाइतेलाई उद्धार गरी अस्पताल लगिएको छ।

‘९ जनाको भरतपुरको सरकारी अस्पताल र १० जनाको पुरानो चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।’ डीएसपी भण्डारीले भने, ’दुई जनाको अवस्था गम्भीर छ, चार जना सकुशल छन्। बसमा करिब ३५ यात्रु रहेको अनुमान गरिएको र घाइतेलाई उद्धार गरी अस्पताल लैजाने कार्य जारी रहेको डीएसपी रिजालले बताए। बस सडकमै पल्टिएकाले अहिले सडक एकतर्फी मात्रै संचालनमा रहेको र दुईतर्फी खुलाउने प्रयास जारी रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस