Latest News

यीनै हुन् खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका वडा अध्यक्ष

Nepalese Times August 18, 2024 (1 Year ago)    492 Views

काठमाडौं । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ का वडाध्यक्ष ज्ञानेन्द्रराज वलीसहित ४ जना पक्राउ परेका छन् । गएराति जिल्लाको विनौना भन्ने ठाउँका दुई युवालाई खुकुरी प्रहार गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार, घटनाबारे सोधपुछ गर्न वडाध्यक्ष वलीसहित अन्य ४ जनालाई पक्राउ गरिएको हो।उनीहरूसँग सोधपुछ गर्ने कार्य चलिरहेको छ।

खुकुरी प्रहारबाट घाइते भएकाहरूलाई उपचारका लागि भारत पठाइएको छ। ‘अवस्था अलि सिरियस नै भएर उपचारका लागि भारतको लखनउ रेफर गरिएको हो,’ कार्कीले भने। वडाध्यक्ष वलीसहितका युवाहरूले राती दुई युवालाई खुकुरी प्रहार गरेका थिए। वडाध्यक्ष वलीको यसअघिका रेकर्ड पनि राम्रो नभएको प्रहरीले जनाएको छ । ‘उहाँको विगतको रेकर्ड पनि राम्रो देखिएको छैन, हामी अनुसन्धान गर्दैछौं,’ कार्कीले भने। वली २०७९ को स्थानीय निर्वाचनमा २ हजार ९७ मतसहित एमालेबाट वडाध्यक्ष निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस