Latest News

भक्तपुर दुर्घटनामा ज्यान गुमाएकी भनिएकी सुष्मा नेपाली नै प्रहरी सम्पर्कमा आएपछि…

Nepalese Times August 15, 2024 (4 Month ago)    2048 Views

काठमाडौं । बिहीबार भक्तपुरको गठ्ठाघर दुर्घटनामा परी मृत्यु भएको शव सुष्मा नेपालीको नभएको बुझिएको छ। यसअघि प्रहरीले स्कुटर चालक दोलखाको मोलुङ गाउँपालिका वडा नम्बर ४ घर भई काठमाडौंको बागबजार बस्ने २३ वर्षीया सुष्मा नेपाली भएको प्रहरीले नै बताएको थियो ।

एक जना व्यक्तिले उक्त शव आफ्नो बहिनीको हो भन्दै प्रहरीकहाँ आएको तर पछि सुष्मा नेपाली नै सम्पर्कमै आएपछि उक्त शव सुष्मा नेपालीको नभएको पुष्टि भएको हो। घटनास्थलबाट शव पोष्टमर्टमको लागि महाराजगस्‍थित शिक्षण अस्पताल लगिएको छ। दुर्घटना भएपछि गठ्ठाघर दिनभरजसो तनावग्रस्त बनेको थियो। प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए भने प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।

बिहीबार दिउँसो कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो। ट्रक चालक दुर्घटनापछि फरार छन्। चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस