Latest News

सार्वजनिक बिदा दिने सरकारको निर्णय

Nepalese Times August 2, 2024 (1 Year ago)    931 Views

काठमाडौं । सरकारले यही साउन २० गते आइतबार काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ। मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका लागि गृह मन्त्रालयले साउन २० गते तीन जिल्लामा बिदा दिने निर्णय गरेको हो।

काठमाडौं, ललितपुर र भक्तपुरमा आइतबार सार्वजनिक बिदा हुनेछ। गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति निकालेर साउन २० गते तीन जिल्लामा सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस