Latest News

यी हुन् ठ गी अभियुक्त धर्मगुरुको समाचार रोक्न आएका शं का ष्पद व्यक्तिहरु (सीसीटीभी)

Nepalese Times July 29, 2024 (2 Month ago)    207 Views

काठमाडौं । पशुपति क्षेत्रमा कोटिहोमको नाममा सर्वसाधरणसँग करोडौँ असुली गर्दै आएका ठगी अभियुक्त विष्णु भण्डारी उर्फ विष्णु प्रपन्नाचार्यको समुहले धम्की दिएको छ । ठगी आरोपमा पटक पटक जेल बस्दै छुट्दै आएका विष्णु भण्डारी भनिने परिवर्तित पछिल्लो नाम बालयोगेश्वर विजय कृष्ण मुर्ति महाराजको समुहले कार्यालयमै आएर समाचार नलेख्न धम्की दिएको हो ।

हेर्नुहोस् सीसीटीभी फुटेजसहितको भिडिओ सामग्री

यही श्रावण १ गतेदेखि ३२ गतेसम्म राजधानीको पशुपति क्षेत्रमा कोटिहोम संचालन गरिएको छ । कोटिहोममा मुख्य संकलनकर्ताको रुपमा देखिएका व्यक्ति धार्मिक कार्यक्रमको आवरणमा ठगी गर्दै आएका विष्णु प्रपन्नाचार्यबारे निरन्तर समाचार प्रकाशन भइरहेको छ । समाचार प्रकाशन भएपछि एक व्यक्तिले टेलिफोन गरि कार्यालयमै आएर जेपनि गर्न सक्ने धम्की दिएका थिए । त्यसको केहीदिन पछि एक युवतीसहित चार जनाको समुह दियोपोस्टको कार्यालयमा आएका थिए ।

ती युवतीले समाचार रोक्नु पर्ने सर्त राखेकी थिइन् । त्यतिमात्रै होइन कोटिहोमबारे सकारात्मक समाचार लेखिदिनु पर्ने दबाव समेत दिएकी थिइन् । उनी दियोपोस्टको कार्यालयमा विष्णु प्रपन्नाचार्यले यसअघि गरेको अपराधको समेत बचाउमा उत्रिएकी थिइन् । कार्यालयको रिसेप्सनमा भने ३ जना शंकाष्पद व्यक्ति देखिएका थिए । उनीहरुको साथमा हतियार जस्तो देखिने वस्तु समेत थियो । हुलदंगा गर्ने उद्देश्यले कार्यालयमा आएका उनीहरुले पटक पटक प्रधानसम्पादक सुदीप विश्वकर्माको कार्याकक्षमा प्रवेश गर्ने कोशिस समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस