Latest News

काठमाडौं उपत्यकामा हैजाको संक्रमण पुष्टि, अस्पतालहरु बिरामीले भरिन थाले, कसरी बच्ने ?

Nepalese Times July 24, 2024 (2 Month ago)    272 Views

काठमाडौं । ललितपुरका १६ वर्षका एक किशोरलाई हैजाको संक्रमण पुष्टि भएको छ । ती किशोरमा संक्रमण पुष्टि भएसँगै काठमाण्डौ उपत्यकामा हैजाको जोखिम उच्च देखिएको छ ।

हैजा संक्रमण पुष्टि भएका किशोरको उपचार भइरहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा। युवानिधि बसौलाले बताएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा ललितपुरको गोदावरी नगरपालिका–१४ ठैवको एक पुनर्स्थापना केन्द्र (रिह्याबिलिटेसन सेन्टर) बस्ने किशोरमा हैजा पुष्टि भएको हो ।

त्यस्तै ठैवकै अर्का एक जना झाडापखालाका बिरामीको रिर्पोट आउन बाँकी छ । पछिल्लो समय अस्पतालमा झाडापखाला भएर दैनिक झन्डै १० जना बिरामी टेकुमा उपचारका लागि पुग्ने गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हैजा फैलन नदिन अहिले हैजा भेटिएको पुनर्स्थापना केन्द्रलाई सिल गरेर अनुसन्धान गर्न निर्देशन दिएको छ ।

सरुवारोग विशेषज्ञ डा। शेरबहादुर पुनका अनुसार हैजा भिब्रियो कोरेला नामक ब्याक्टेरियाको कारण लाग्ने अति सङ्क्रमण झाडापखाला हो । हैजा भएका मानिसको दिसाबाट कीटाणु निस्कन्छन् । ती कीटाणु पानी र खानाको माध्यमबाट अरू मानिसमा पुग्ने गर्छन् ।

पानी, बासी खानेकुरा, नपकाएको खानेकुराबाट पनि हैजा सर्ने जोखिम हुन्छ । डा। पुनका अनुसार निरन्तर पातलो चौलानी जस्तो दिसा लाग्नु, बान्ता हुनु हैजाका प्रमुख लक्षण हुन् । हैजा लाग्न नदिन पानी उमालेर वा शुद्धिकरण गरेर पिउन, व्यक्तिगत सरसफाइमा ध्यान दिन, बासी सडेगलेका खानेकुरा नखान, फलफूल र तरकारी राम्ररी सफा गरेर खान डाक्टरको सल्लाह छ ।

प्रतिक्रिया दिनुहोस