Latest News

आरजु राणाको नाम मन्त्री बन्नेको सूचीमा, एमालेका सुहाङको पनि चर्चा, कसले कुन मन्त्रालय सम्हाल्दै ?

Nepalese Times July 5, 2024 (3 Month ago)    330 Views

काठमाडौं । नेपाली राजनीतिमा दुई चिरपरिचित प्रतिद्धन्दी नेकपा एमाले र नेपाली कांग्रेसबीच सत्ता सहकार्यको सहमित भएसँगै नयाँ बन्ने मन्त्रिमण्डलमा को–को मन्त्री बन्ने र कसले कुन मन्त्रालय सम्हाल्ने भन्ने चासो चुलिएको छ । यसक्रममा यि दुई पार्टीभित्र मन्त्री बन्नका लागि तिब्र लबिङ सुरु भएको छ ।

जसअनुसार नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा पत्नी आरजु राणालाई मन्त्री बनाउने कसरत सुरु भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरण र टीकापुर जग्गा प्रकरणमा अनुसन्धानको घेरामा रहेकी आरजुलाई मन्त्री बनाउने प्रयत्न भईरहँदा बाहिर भने यसको चर्को आलोचना हुने देखिन्छ । तर, सहकारी प्रकरणमा त्यत्रो प्रमाण नै सार्वजनिक भईरहँदा रवि लामिछाने गृहमन्त्री बन्न हुने, आरजु राणा चाहीँ मन्त्री बन्न नहुने भन्ने नरहेकोले आरजुलाई एमाले–कांग्रेस सम्मिलत सरकारको मन्त्री बनाउने तयारी भएको कांग्रेस स्रोतको दाबी छ ।

यता गृहमन्त्री लामिछाने भने उनै आरजुलाई १ दिन भनेपनि प्रहरीको खोरमा पुर्याउने अहिले पनि प्रयास जारी नै राखेका छन् । आरजु राणासँगै नेपाली कांग्रेसबाट रमेश लेखक र प्रदीप पौडेलकोसमेत चर्चा छ । उनीहरु मन्त्री बन्ने पक्कापक्की जस्तै रहेको बताईन्छ । यस्तै नेपाली कांग्रेसले कृष्णप्रसाद सिटौला र शेखर कोइरालालाईसमेत मन्त्री बनाउने तयारी गरेको छ । यि दुईमध्ये १ जनालाई उपप्रधानमन्त्री बनाउने गृहकार्यसमेत सुरु भईसकेको छ । चर्चामा रहेका नेताहरुमध्ये कसले कुन मन्त्रालय सम्हाल्ने भन्नेबारेसमेत अहिले गृहकार्य भईरहेको छ ।

यता नेकपा एमालेभित्र पनि मन्त्री बन्नका लागि अध्यक्ष केपी शर्मा ओलीको चित्त बुझाउने प्रयत्न भईरहेको छ । एमालेभित्र अध्यक्ष ओलीले भर्खरै चुनाव जितेर आएका सुहाङ नेम्वाङलाई मन्त्री बनाउने सम्भाबना बलियो देखिन्छ । युवा र नयाँ अनुहारलाई प्राथमिकता दिने सुरमा रहेका ओलीले सुहाङसहित सुनिता र महेश बर्तौलालाई पनि मन्त्री बनाउन चाहिरहेका छन् ।

ओलीको नेतृत्वमा बन्ने भनिएको नयाँ मन्त्रिमण्डलमा कांग्रेसले १० र एमालेले ९ मन्त्रालय सम्हाल्ने मोटामोटी सहमति भएको छ । जसमध्ये महत्वपूर्ण मन्त्रालयको रुपमा हेरिएको गृहमन्त्रालय नेपाली कांग्रेसले लिने र अर्थसहितका अरु मन्त्रालय नेकपा एमालेको भागमा परेको एमाले र कांग्रेसका नेताहरु बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस