Latest News

प्रधानमन्त्री देउवा कहाँबाट चुनाव लड्ने भए ? कांग्रेसले गर्‍यो यस्तो निर्णय

Nepalese Times September 1, 2022 (1 Year ago)    338 Views

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा निर्वाचनका लागि डडेलधुराबाट सर्वसम्मत भएका छन्। एकमात्र क्षेत्र रहेको डडेलधुराबाट उनी सर्वसम्मत भएको कांग्रेस नेताहरुले जानकारी दिएका छन्।

डडेलधुराको प्रदेश क र ख क्षेत्रीय समितिलाई देउवालाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको हो। ‘नेपाली कांग्रेस डडेलधुरा प्रदेश ‘क’ र ‘ख’ क्षेत्रीय समितिले देउवालाई सर्वसम्मत रुपमा प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको हो छ,’ डडेलधुराका एक नेताले भने।

डडेल्धुरामा देउवाले २०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएका छन्। यस्तै नेपाली कांग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्का सुर्खेत–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सिफारिस भएका छन्।

क्षेत्रीय कार्य समिति क्षेत्र नं. १ को बिहीबार छिञ्चुमा बसेको बैठकले प्रत्यक्षतर्फ खड्काको नाम सर्वसम्मत सिफारिस गरेको हो।प्रतिनिधिसभाका साथै प्रदेशसभा समितिबाट सिफारिस भई आएका नाम बैठकले अनुमोदन गरी जिल्ला कार्य समितिमा पठाउने निर्णय भएको क्षेत्रीय कार्यसमिति सचिव मोहन रानाले जानकारी दिए।

यता बालुवाटारमा बसेको शीर्ष नेतासहित गठबन्धन बैठकमा यसअघि दाबी गरेको सय सिटबाट कांग्रेस तल झरेको एक नेताले बताए। ती नेताका अनुसार कांग्रेसले ९० सिट प्रत्यक्षमा पाउनुपर्ने नयाँ प्रस्ताव गरेको छ। कांग्रेस लचक भएपछि नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) पनि आफ्नो अडानबाट पछि हट्न तयार छन्।

प्रतिक्रिया दिनुहोस