Latest News

मोहम्मद अफ्ताब आलम रौतहटबाट संघीय संसद्काे उम्मेदवार सिफारिस

Nepalese Times September 1, 2022 (2 Year ago)    828 Views

काठमाडौं । पुर्पक्षका लागि जेलमा रहेका मोहम्मद अफ्ताब आलम आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि रौतहट– २ बाट संघीय संसद्को उम्मेदवारका रूपमा सिफारिसमा परेका छन् ।

कांग्रेस जिल्ला समिति कार्यालय रौतहटले उनको नाम सिफारिस गरेको हो । उनीसँगै अन्जु झाको पनि नाम सिफारिसमा परेको छ । अभियुक्त आलम हाल ललितपुरको नक्खु कारागारमा छन् । उनको मुद्दा रौतहट जिल्ला अदालतमा विचाराधीन छ ।

यस्तै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभातर्फ सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस भएका छन्। मंसिर ४ मा हुने चुनावका लागि इच्छुकहरूबाट कांग्रेसले आवेदन लिएकोमा शर्माको मात्रै एकल नाम आएको थियो।

आज बसेको क्षेत्रीय कार्यसमिति बैठकले महामन्त्री शर्मालाई झापा १ बाट प्रतिनिधि सभातर्फ उम्मेदवारका लागि सिफारिस गरेको क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले बताए।

शर्मा झापा १ बाट २०७० र २०७४ मा उम्मेदवार भई पराजित भएका थिए। २०७४ मा वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका राम कार्की बिजयी भएका थिए।

नेकपा एमालेबाट यो क्षेत्रमा रवीन कोइराला दाबेदार छन्। कोइरालाले २०७० को चुनावमा शर्मालाई हराएका थिए। महामन्त्री शर्माले झापा १ बाहेक अन्य क्षेत्रबाट आफू चुनाव नउठ्ने बताइरहेका थिए। तेस्रो प्रयासमा चुनाव जित्ने दाबी उनको थियो।

प्रतिक्रिया दिनुहोस