Latest News

रामचन्द्र पौडेलले भने – १६५ वटै निर्वाचन क्षेत्रमा रुख चिन्ह हुनैपर्छ नत्र…

Nepalese Times August 29, 2022 (2 Year ago)    503 Views

काठमाडौं । आसन्न संसदीय चुनावमा सबै निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवारहरु उठ्नुपर्ने नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बताएका छन् । काठमाडौंमा भएको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

गठबन्धन भएको सन्दर्भमा कांग्रेसको समानुपातिक भोटमा केही प्रतिशत कमी आउनसक्ने सम्भावना देख्नुभएको छ कि छैन भन्ने प्रश्नमा उने यस्तो जवाफ दिएका हुन् ।

यस्तै गठबन्धन भएका ठाउँमा कांग्रेसमा मात्र आस्था राख्ने व्यक्तिहरु भोट हाल्न नै नगइदिने सम्भावना रहेको कारण यसले कांग्रेसको समानुपातिक भोटमा कस्तो असर पार्ला भन्ने अर्को प्रश्नमा पौडेलले १६५ वटा निर्वाचन क्षेत्रमा कुनै न कुनै रुपमा रुख चिन्ह त्यहाँ हुनुपर्ने बताए ।

पौडेल भन्छन्, ‘मैले पहिलेदेखि अरु पार्टीहरुलाई पनि भनेको छु । नेपाली कांग्रेस एउटा ठूलो पार्टी हो । १६५ वटा निर्वाचन क्षेत्रमा कुनै न कुनै रुपमा रुख चिन्ह त्यहाँ हुनुपर्छ । चाहे त्यो संघीय सांसदको लागि होस् वा प्रदेश संसदको लागि होस् । त्यसो भएपछि सबैजना भोट हाल्न जान्छन् ।’

प्रतिक्रिया दिनुहोस