Latest News

दरमा पनि माओवादी विद्यार्थी विभाजित, पवनको टोली वृद्धाश्रममा पुग्दा पञ्चा समूह पार्टी प्यालेसमा

Nepalese Times August 28, 2022 (2 Year ago)    318 Views

काठमाडौं ।

नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको विवाद अझै मिल्न सकेको छैन। पञ्चा सिंह र पवन कार्की दुईजनाको नेतृत्वमा अलग अलग गतिविधि गर्दै आइरहेका बेला तीजको दर खाँदा पनि यसले निरन्तरता पायो।

शनिबार अखिल क्रान्तिकारीका दुईवटा टिमले अलग ठाउँमा कार्यक्रम गरे। रमाइलो त के छ भने पञ्चा सिंह नेतृत्वको समूहले क्वालिटी ब्याङ्क्वेटमा नाचगानसहित दर खाइरहँदा पवन कार्कीको समूह वृद्धाश्रममा पुगेको थियो।

कार्कीको समूहले भक्तपुरस्थित ॐ वृद्धाश्रममा वृद्धवृद्धाहरुलाई सम्मान तथा दर खुवाउने कार्यक्रम आयोजना गरेको छ।लामो समयदेखि अखिल क्रान्तिकारीमा चर्किएको विवादले समानान्तर गतिविधि जारी छ। दुई समूहले अलग अलग नेतृत्व नै बनाएर गतिविधि बढाइरहेका बेला तीजको दरमा पनि विभाजनले निरन्तरता पाएको हो।

प्रतिक्रिया दिनुहोस